१० श्रावण २०८२, शुक्रबार

नगर प्रमुख जैसवारको  एकलौटी निर्णयले पचरौता नगरपालिकाको कामकाज ठप्प

अमरेश कुमार पाण्डेय

०८  माघ,बारा । बाराको पचरौता नगरपालिकामा दोस्रो कार्यकालको लागि नगर प्रमुखमा जलन्धर सिंह जयस्वार निर्वाचित भएका छन्। नगर प्रमुख जैसवारले सिँगो नगरपालिकालाई नै एकलौटी निर्णयको बाधक बनाउने कार्य निर्वाचित भएदेखि नै गर्दै आएका छन्। जसको फलस्वरूप पचरौता नगरपालिकाको नगरसभा देखि निति नियम बजेट समेत कागजातमा गरी समाजिक सञ्जाल फेसबुक मार्फत् पचरौता बासी लगायत सम्बन्धित निकायले जानकारी पाउने गरेका छन्। त्यस्तै नगरप्रमुख जैसवारको हालमा देखिएको कार्य समेतले एकलौटी निर्णय जनतामाथि जबर्जस्ती ल्याएको पुष्टि भएको छ । पचरौता नगरपालिकाको जनप्रतिनिधिहरु पचरौता बासीको भोटले निर्वाचित भएका छन्। तर निर्वाचित भएपछि जनप्रतिनिधिहरुले सिँह दरवारको अधिकार गाउँ घरमा दिनु पर्ने स्थानमा नगरप्रमुख जैसवार तानासाह जस्तै निरकुंश बन्दै गएको पुष्टि भएको छ।

नगरप्रमुख जैसवारको निर्देशनमा नगरपालिकाको प्रबक्ता एवम् वडा नं ५ को वडा अध्यक्ष लक्ष्मी यादवले आईतबार पत्रकार सम्मलेन गरी तथा प्रेस बिज्ञप्ति जारी गर्दै पचरौता नगरपालिकाको बिकासमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी सहयोग नगरेको उल्लेख गरेका छन्। साथै प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बिकासको काम गर्न सुरक्षाको ग्यारेन्टी नगरे सोमबारदेखि नगरपालिकाको सम्पुर्ण कामकाज थप्प गर्ने चेतावनी समेत दिएका थिए। उक्त चेतावनीको अधारमा सोमबार पचरौता नगरपालिकाको कार्यालय सहित पाँच वटा वडा कार्यालयको कामकाज सोमबार थप्प भएको छ। अब प्रश्न खडा हुन्छ कि नगरप्रमुख जयस्वार नगरवासीको बिश्वास जिति निर्वाचित भएका छन्। कि माथिबाट आएका हुन । जबकि बिकास निमार्ण कार्य गर्न समाजमा समन्वय गरी समाजको बिकास गर्नुपर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ।

तर नगरप्रमुख जयस्वारले समाज भन्दा माथि प्रहरी प्रशासन लगाई बिकास गर्नु कतिको जायज रहेको छ। यसरी नगरप्रमुख जयस्वारले प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई आदेश दिई प्रहरी पठाउन भनेकोमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जनतामाथि लाठी प्रहार गरी बिकास हुन नसक्ने र यथार्थ जानकारी लिन कलैया मालपोत कार्यालय, सिम्रौनगढ नापि कार्यालय, जिल्ला प्रहरी कार्यालयको नायव सुब्बा , नगरपालिकाको अमिन लगायतको पाँच सदस्य कमिटी गठन गरेका थिए। उक्त कमिटीको बिरोध गर्दै नगरप्रमुख जयस्वारले प्रमुख जिल्ला अधिकारीले किन प्रहरी नपठाएको भन्दै प्रेस बिज्ञप्ती जारी गर्दै सोमबार नगरपालिकाको कामकाज नै थप्प पारेका छन्‌ ।

यसरी नगर प्रमुखको रुपमा निर्वाचित नगरप्रमुख नै जनतासँग प्रत्यक्ष सरोकार राख्ने नगरपालिका लगायत वडा कार्यालयहरु कतिको जायज रहेको भनि प्रश्न चिन्ह तथा नगरप्रमुख जैसवारको एकलौटी ढंगले अगाडि बढ्ने प्रमाणित गरेको छ। नगरप्रमुख जैसवारको कार्य प्रति पचरौता नगरवासीले प्रमुख जिल्ला अधिकारी लगायत प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय कार्यालयमा समेत ज्ञापनपत्र पठाएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?