२७ जेष्ठ २०८२, सोमबार

एनपिएलमा बोसिस्टोको कीर्तिमान, लिए एकै खेलमा ६ विकेट

 

२५ मंसिर,  अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टोले काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा सानदार बलिङ गरेका छन् । कर्णाली याक्सबाट लिग खेलिरहेका उनले मंगलबार पोखरा एभेन्जर्सविरुद्ध ६ ओभरमा २८ रन दिएर ६ विकेट लिए ।

योसँगै बोसिस्टोले  इतिहास रचे । उनी अब एनपिएलको एक खेलमा ६ विकेट लिने पहिलो बलर बनेका छन् । बोसिस्टोको कप्तानीमा अस्ट्रेलियाले सन् २०१२ मा यू–१९ विश्वकप खेलेको थियो । अस्ट्रेलिया फाइनलमा भारतसँग पराजित भए पनि उनले उत्कृष्ट ब्याटिङ गरेका थिए । सो फाइनल खेलमा बोसिस्टोले अविजित ८७ रन बनाएका थिए । उनी उक्त विश्वकपमा ‘प्लेयर अफ द म्याच’ समेत घोषित भए ।

बोसिस्टोकै घातक बलिङका कारण मंगलबार कर्णालीविरुद्ध पोखरा १६.३ ओभरमा १ सय ३ रनमै अलआउट भयो । उसका लागि दिनेश खरेलले २६, आन्द्रेस गौसले २५, रेमन रेफरले २० तथा कुशल भुर्तेल र विपिन खत्रीले १०/१० रन जोडे ।   कर्णालीका लागि बोसिस्टोले ६ सहित उनिश ठकुरी, विपिन शर्मा र सोमपाल कामीले एक/एक विकेट लिए । जारी सिजनमा कर्णालीले चार म्याच खेल्दा दुईमा जित र दुई खेलमा हारको सामना गरेको छ । पोखराले तीन म्याच खेल्दा दुईमा हार तथा एक खेलमा जित निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?