कीर्तिपुर–४ को वडाध्यक्षमा कांग्रेसका बानियाँ विजयी
१६ मंसिर, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। आइतबार भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ ७४२ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेदवार पविता खड्का (अधिकारी)ले ४९५ मत ल्याइन् । नेकपा (माओवादी केन्द्र)का उमेदवार नारायण विष्ट २८७ मत ल्याएर तेस्रो स्थानमा रहेका निर्वाचन आयोगले जनाएको छ। यस्तै, नेकपा (एमाले)का उमेदवार बद्री बुढाथोकीले १५४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बिजेस बस्नेतले ८७, अर्का स्वतन्त्र उमेदवार मदनप्रसाद दाहालले ५८ मत पाए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment