सुनको मूल्य आज तोलाको १ लाख ५२ हजार रुपैयाँ
१७ भदौ , काठमाडौँ-नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ घटेको हो। आइतबार तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार घटेर १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा १ हजार ७९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ७७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment