२६ जेष्ठ २०८२, आईतवार

पोर्चुगल पठाउने भन्दै ५ लाख ३५ हजार ठगेर फरार २७ वर्षीया युवती पक्राउ

 

२८ साउन, काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको लोभ देखाएर पोर्चुगल पठाउने भन्दै ठगी गरेर फरार एकजना युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

पोर्चुगल पठाउने भनी ५ लाख ३५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएकी कैलालीको गोदवारीनगरपालिका-२ निवासी २७ वर्षीया दीपा चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।

पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले भक्तपुरको ठिमीबाट चन्दलाई आइतबार पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment