वडाध्यक्ष यादव हत्याका दुई आरोपी कारागार चलान

८ कार्तिक, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपी दुई जनालाई जिल्ला अदालतले कारागार चलान गरेको छ। औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलिप मण्डललाई कर्तव्य ज्यान (हत्या) सम्बन्धी कसुरमा पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरिएको जिल्ला अदालतका सूचना अधिकारी केदारनाथ झाले जानकारी दिए। जिल्ला न्यायाधीश नवराज दुलालको इजलासले ज्यानसम्बन्धी कसुरमा पुर्पक्षका […]
बालिका बलात्कारका दोषीलाई कारबाही माग गर्दै भालुबाङ बजार बन्द, राजमार्ग अवरुद्ध

६ कात्तिक, बुटवल । बालिका बलात्कारका आरोपी पक्राउ नगरेको भन्दै स्थानीय बासिन्दाले दाङको भालुबाङ बजार बन्द गराएका छन् । मंगलबार दिउँसो भालुबाङ पुल्चोकमा राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरिएको छ । यसका साथै भालुबाङ बजार बन्द गरिएको छ । २४ असोजमा सशस्त्र प्रहरी बलको क्याम्प नजिक पिङ खेल्न पुगेकी ८ बर्षीया बालिका बलात्कार भएको […]
शरीर जलेकी श्रीमतीको ज्यान गयो, श्रीमान् पक्राउ

६ कार्तिक, उदयपुर । उदयपुरको बेलका ८ की एक महिलाको श्रीमानले महिलाको शरीरमा मटितेल छर्किएर घाइते बनाएकोमा उपचारका क्रममा आइतबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीले दिएको जानकारी अनुसार बेलका नगरपालिका ८ का ४८ वर्षका दान बहादुर राईले असोज २२ गते घरायसी विवादका कारण ४० वर्षकी श्रीमती पूर्णकुमारी […]
सहकारी ठगी प्रकरण : ज्योति गुरुङसहित दुई जनाविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा प्रहरीको पत्र

६ कार्तिक, काठमाडौँ। मितेरी सहकारी बचत तथा ऋण सहकारीको रकम अपचलनमा ज्योति गुरुङसहित दुई जनाविरुद्ध रेड कर्नर नोटिसका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलको महासचिवालयमा पत्राचार […]
सर्लाहीको लालबन्दीबाट गाँजासहित दुई भारतीय पक्राउ

६ कार्तिक, सर्लाही — सर्लाहीको लालबन्दीबाट गाँजासहित दुई भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारत सीतामढी जिल्ला बेलाथानाबथौरा पञ्चायत मुजौली घर भएका २० वर्षीय शंकर राम तथा सोही ठाउँका ३३ वर्षीय अशोक साहलाई प्रहरीले गाँजासहित नियन्त्रणमा लिएको हो । लालबन्दी नगरपालिका–५ मेजरगंजमा शंकर सवार बीआर ३० टी ४०२५ भारतीय नम्बर प्लेटको मोटरसाइकल चेकका क्रममा […]
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

४ कार्तिक , दाङ । ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढवा गाउँपालिका-१ बडहरा बस्ने ६४ वर्षीय काशिराम नेपाली रहेका छन् । नेपालीले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवा र अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले शनिबार साँझ पक्राउ गरेको […]
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

३ कार्तिक, काठमाडौं: झापा, भद्रपुर नगरपालिका-३ झोलुङ्गे पुलस्थित सडकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ५० मिलिग्राम सहित हल्दिबारी गाउँपालिका-२ बस्ने २५ वर्षीय बिष्णु राजवंशीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.११ प ९६४७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक राजवंशीलाई […]
इजरायली प्रधानमन्त्रीको निजी निवासमा हिजबुल्लाहले गर्यो ड्रोन आक्रमण

३ कार्तिक, काठमाडौं । शनिबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गृहनगर सिजारियामा हिजबुल्लाहले ड्रोन आक्रमण गरेको छ । टाइम्स अफ इजरायलका अनुसार पीएमओले आक्रमणको पुष्टि गरेको छ। यस ड्रोन आक्रमणमा प्रधानमन्त्री नेतन्याहुको निजी निवास निशाना भएको पीएमओले जनाएको छ । नेतान्याहु र उनकी पत्नी सारा हमलाको समयमा घरमा थिएनन् । ड्रोन सिजरियाको एक भवनमा खसेको थियो […]
इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४२ हजार पाँचसय पुग्यो

३ कार्तिक, गाजा पट्टीमा जारी इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४२ हजार पाँचसय पुगेको छ । पछिल्लो २४ घण्टामा गाजामा इजरायलको सैन्य कारबाहीमा ६२ जनाको मृत्यु भएको र तीनसय बढी घाइते भएको जनाइएको छ । पछिल्लो पटक जबलिया शिविरमा इजरायले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । २०२३ […]
सामूहिक बलात्कारको आरोपमा पीडितकी पति पक्राउ, दुई किशोर फरार

३ कार्तिक, हेटौंडा — मकवानपुरको ग्रामीण भेगकी एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा उनका पति पक्राउ परेका छन् । दुई किशोर फरार छन् । मनहरी गाउँपालिका-५ की ३१ वर्षीया महिलालाई पतिसहित अन्य दुई किशोरले असोज ३० गते बेलुका घरमै सामूहिक बलात्कार गरेका थिए ।पीडितले छिमेकीसहित कात्तिक १ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएकी थिइन् । […]
