स्रोत नखुलेको दुई लाख भन्दा बढि रुपैयाँसहित भारतीय पक्राउ

२६ साउन, रौतहट । रौतहटमा स्रोत नखुलेको नेपाली दुई लाख बढी रुपैयाँसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले बिहार सितामढी जिल्ला बैरगनिया ३ असोगीका ३४ बर्षीय रबिन्द्र कुमारलाई पक्राउ गरेको हो ।सशस्त्र प्रहरी ११ नम्बर हेक्वा गण गौरबाट खटिगएको मोबाइल गस्ती टोलीले बौधिमाई नगरपालिका ७ अरुवा खोला छेउ […]
बलात्कार आरोपमा वैदेशिक रोजगार विभागका कर्मचारी पक्राउ

२५ साउन, काठमाडौँ । प्रहरीले बलात्कार आरोपमा वैदेशिक रोजगार विभागका एकजना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुब्बा घले छन् । उनलाई कालीमाटीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । आरोपीले महिलालाई बलात्कार गरेको आरोप छ । उनी विभागमा करारमा कार्यरत रहेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।
वीरगञ्जबाट चार करोड मूल्य बराबरको भेप बरामद

२५ साउन, वीरगन्ज । पर्सा प्रहरीले पहिलोपटक वीरगन्जबाट ठूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ । वीरगन्ज महानगरपालिका ६ स्थित रेलवे रोडबाट पर्सा प्रहरीको विशेष टोलीले १५ हजार २ सय पीस भेप बरामद गरेको हो । रेल्वे रोडस्थितको डाँफे ट्रान्सपोर्टमा छापा मार्दा ७६ कार्टुन भेप बरामद गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए […]
अस्पतालबाटै फरार कैदी पक्राउ

२४ साउन, विराटनगर । विराटनगरको कोशी अस्पतालबाट गत साउन १७ गते भागेका कैदी पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमदलाई प्रहरीले हिजो पक्राउ गरेको हो । नेपाल–भारत सीमानजिक मोरङको जहदा गाउँपालिका–१ तारेगामबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । जिल्ला कारागार मोरङमा […]
६६ वर्षीया वृद्धा बलात्कार आरोपमा एक जना पक्राउ
इरानमा एकैदिन २९ जनालाई दिइयाे फाँसी

२४ साउन,काठमाण्डु– इरानमा बुधबार एकैदिन २९ जनालाई मृत्युदण्ड दिइएको छ । २६ जनालाई तेहरान बाहिरको गेजलहसार जेलमा र बाँकी ३ जनालाई काराज सहरको जेलमा फाँसी दिइएको मिडिया रिपोर्टमा उल्लेख छ ।नर्वेको मानवअधिकार संगठनले दिएको जजानकारी अनुसार फाँसी दिइएका मध्ये दुई अफगान नागरिक पनि थिए । उनीमाथि हत्या, लागूऔषध ओसारपसार र बलात्कारको आरोप लागेको थियो । अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिष्ट न्यूज एजेन्सी र सेन्टर फर ह्युमन […]
घुससहित पक्राउ परेका नापी सर्वेक्षकसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा

२३ साउन, काठमाडौं-अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका नापी कार्यालय ललितपुरका सर्वेक्षक सञ्जीवकुमार यादवसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले सेवाग्रहीबाट घुस लिइरहेको अवस्थामा पक्राउ परेको नापी सर्वेक्षक यादव, मालपोत कार्यालय ललितपुरका खरिदार मोतिराम सुवेदी र आरबी लेखापढी सेन्टरका सञ्चालक रामबाबु भुजेलविरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो। जग्गा हालसाविक […]
गरगहना चोरीको अभियोगमा दुई जना पक्राउ

२३ साउन, काठमाडौँ – नेपाल प्रहरीले सुनको गरगहना चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गुल्मी घर भई काठमाडौँको ज्ञानेश्वरस्थित भैरव मार्ग बस्ने राजु नेपालीको कोठाबाट गरगहना चोरी गर्ने जनकपुरका ३८ वर्षीय दीपक खड्का र मकवानपुरका २७ वर्षीय नीरज विकलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका […]
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने आरोपमा एक जना पक्राउ

२३ साउन,काठमाडौं। विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने प्रलोभनमा पारी ८५ जना पीडितहरूबाट १ करोड ९७ लाख १७ हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका ४ ईमाडोल बस्ने सिराहा कर्जन्हा नगरपालिका ६ बस्ने ३२ वर्षीय गुनेश कुमार ठाकुरलाई सोमबार प्रहरीले पक्राउ गरेको […]
सत्कार सहकारीका सचिवसहित तीन जना पक्राउ

२३ साउन, सत्कार बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सहकारीको रकम हिनामिना गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए। पक्राउ पर्नेमा सचिव मोरङ बेलबारी नगरपालिका-५ घर भई काठमाडौंको भंगाल बस्ने ३२ वर्षीय गोबिन्द पुरी, कोषाध्यक्ष रामेछाप नगरपालिका-८ घर […]
