स्वस्तिमा खड्काको नाममा ठगी, सबैलाई सतर्क रहन अनुरोध

९ पुष, काठमाडौं । नायिका स्वस्तिमा खड्काले आफ्नो नामको दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत ठगीको प्रयास भइरहेको भन्दै सबैलाई सतर्क रहन आग्रह गरेकी छन् । खड्काले सामाजिक सञ्जालमा जानकारी दिँदै आफू नजिकका साथीहरूलाई भाइबर र व्हाट्सएपमार्फत पैसा मागिएको जानकारी पाएकी बताएकी छन् । उक्त सन्देशहरू आफूले नपठाएको स्पष्ट पार्दै उनले यस्ता म्यासेजमा नझुक्किन सबैलाई अनुरोध […]
सर्वोच्चमा प्रतिनिधिसभा निर्वाचन रोकथाम माग गर्दै पूरक रिट आज पेसी

काठमाडौं । निवर्तमान सांसदहरूले प्रतिनिधिसभा निर्वाचन रोक्न सर्वोच्च अदालतमा दायर गरेको पूरक रिट सुनुवाइका लागि आज पेसी तोकिएको छ । नेपाली कांग्रेसका ६५ सांसद (पहिलेका ८ सहित) र अन्य तीन सांसदको हस्ताक्षरसहित दायर गरिएको रिटमा संविधानको रक्षा र निर्वाचनको वैधानिकता सम्बन्धमा विवाद उठाइएको छ । पूर्वमहान्यायाधिवक्त खम्मबहादुर खातीको वारेस मार्फत दायर रिटमा असंवैधानिक रूपमा […]
जेनजी प्रतिनिधि यादवलाई मानवअधिकार आयोगले बयानमा बोलायो

८ पुस, काठमाडौँ । जेनजी प्रतिनिधि पुरुषोत्तम यादवलाई राष्ट्रिय मानवअधिकार आयोगले बयानमा बोलाएको छ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे सोधपुछका लागि उनलाई आयोगले बुधबार ११ बजे बयानमा बोलाएको हो। आयोगले हिजो काठमाडौँ महानगरका मेयर बालेन शाहसँग पनि बयान लिएको थियो। यादव जेनजी आन्दोलनका बेला सक्रिय रुपमा लागेका थिए।
ललितकलाका गतिविधिलाई विकेन्द्रीकरण गरिने, नवपुस्तालाई समेटिने

८ पुष, काठमाडौं । भवानी विद्यापीठ माध्यमिक विद्यालयमा ‘पालिकास्तरीय प्रतियोगितात्मक चित्रकला कार्यशाला’ तथा ललितकला अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।सोमवार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा भवानी विद्यापीठ माध्यमिक विद्यालय, फलेवास नगरपालिका– ५, खानिगाउँ पर्वत र फलेवास नगरपालिका, पर्वतको आयोजनामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । भवानी विद्यापीठ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर […]
सुरुवाती मापनमा झन्डै २ डिग्री सेल्सियस घट्यो काठमाडौँको न्यूनतम तापक्रम

८ पुस, काठमाडौं । सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (मंगलबार ) हिजो (सोमबार) भन्दा झन्डै २ डिग्री सेल्सियस घटेको छ। मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे गरिएको सुरुवाती मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस देखिएको हो। हिजो यो समय उपत्यकाको न्यूनतम तापक्रम ७.३ डिग्री सेल्सियस थियो। तथापि हिजो बिहान ८:४५ बजे भने […]
आजको मौसमः देशभर आंशिक बदली, तराईमा हुस्सु

८ पुस, काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ । यस्तै, आज राति पनि […]
मौसम पूर्वानुमान : देशभर आंशिक बदली, तराईमा हुस्सु र कुहिरोको असर

७ पुष, काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू–भागमा तापक्रम हल्का घट्ने सम्भावना रहेको छ । साथै हुस्सु र कुहिरोका कारण बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने देखिएको छ ।
नेपाल मोबाइल ब्यवसायी संघ काठमाडौंमा नयाँ नेतृत्व

६ पुस, काठमाडौं । नेपाल मोबाईल ब्यवसायी संघ काठमाडौंको अध्यक्षमा जनक बस्नेत निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले बस्नेतको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । बस्नेत यसअघि कार्यसमितिमा उपाध्यक्ष थिए । निर्वाचन समिति संयोजक तथा अधिवक्ता जनक साउदका अनुसार संघको उपाध्यक्ष पदमा दिपक अधिकारी […]
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ११० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (तराई) […]
देशभर पश्चिमी वायुको आंशिक प्रभाव: तराईमा कुहिरो र हुस्सुको जोखिम

६ पुस, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आइतबार अन्य भू–भागमा भने कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने […]
