आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना

  ४ चैत, काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली प्रदेश लगायत गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । कोशी र लुम्बिनी प्रदेश लगायत बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा मौसम […]

कहिले पुनःनिर्माण होला सडक विभागको ऐतिहासिक भवन ?

३ चैत,काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त भएको बबरमलस्थित सडक विभागको ऐतिहासिक भवन पुनःनिर्माण अनिश्चित बनेको छ । आन्दोलनका क्रममा, संघीय संसद भवन, सिंहदरवार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विशेष अदालत, शीतल निवासलगायतका संरचनामा आगजनी भएको थियो । राणाकालिन ऐतिहासिक र पुरातात्वीक महत्व बोकेका कतिपय भवन […]

आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

२ चैत,काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सहित कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको बाँकी भूभागमा आंशिक बादल लागेको छ । कोशी, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको भइरहेको […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति ट्रक व्यवसायी महासंघको आपत्ति

  २ चैत,  काठमाडौँ । खाडी क्षेत्रमा देखिएको युद्ध र त्यसका कारण विश्व बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएकोप्रति नेपाल ट्रक यातायात व्यवसायी महासंघले आपत्ति जनाएको छ। महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले जारी गरेको विज्ञप्तिमा हालको मूल्यवृद्धिले यातायात क्षेत्रसहित सम्पूर्ण जनजीवनमा नकारात्मक असर पर्ने उल्लेख गरिएको छ। महासंघले नेपाल आयल […]

आजको मौसम : पहाडी भूभागका केही स्थानमा अशिनासहित वर्षाको सम्भावना

२ चैत,काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश सहित बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको र बाँकी भूभागमा आंशिक बादल लागेको छ । सुदुरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र […]

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेन्जी मुभमेन्ट नेपालको माग

  १ चैत, काठमाडौं । जेन्जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते भएको आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै जेन्जी आन्दोलनमा भएका हत्या, आगजनी र हिंसात्मक घटनाको सत्य तथ्य बाहिर ल्याई दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन् […]

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

  १ चैत, काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ बाँकी भूभागमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो लुम्बिनी, […]

पोर्चुगलमा नेपाली ‘ड्राइभिङ लाइसेन्स’लाई मान्यता दिलाउन छलफल

३० फागुन,लिस्वन पोर्चुगल । पोर्चुगलस्थित नेपाली राजदूतावासले नेपाली सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लाई यहाँ पनि मान्यता दिन औपचारिक प्रस्ताव गरेको छ । बिहीबार नेपाली राजदूतावासका प्रतिनिधि र पोर्चुगलको यातायात संस्थानका विभाग प्रमुखबीच यस विषयमा छलफल भएको हो । पोर्चुगलको राजधानी लिस्वनस्थित पोर्चुगल सरकारको यातायात संस्थान (आइएमटी) को कार्यालयमा भएको दुईपक्षीय भेटवार्तामा नेपाली दूतावासका तर्फबाट […]

काठमाडौंको विभिन्न स्थानमा आज विद्युत् कटौती हुने

   ३० फागुन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । आज प्राधिकरणले एक सूचना जारी गर्दै शनिबार काठमाडौंको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने जानकारी दिएको हो । प्राधिकरणले पोप्सीकोला टाउन प्लानिङमा दिउँसो ११ बजेदेखि १:३० बजेसम्म विद्युत् कटौती गर्ने जनाएको छ । पेप्सीकोला, टाउन प्लानिङलगायतका क्षेत्रमा वितरित ११ […]

खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव गराएर मूल्य बढाउने माथि महानगरको निगरानी सुरु

  ३० फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले खाना पकाउने एलपी ग्यास र सवारी साधनका लागि इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि निगरानी बढाएको छ । महानगरले ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अव ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोमा तेल मौज्दात हुँदाहुँदै छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि निगरानी […]