आजको मौसम: केही प्रदेशमा भारी वर्षाको सम्भावना। 

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रहेको छ। साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक दूई स्थानमा हल्का वर्षा भैरहेको छ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र बाँकी […]

आज विश्व रक्तदाता दिवस

काठमाण्डाै – आज विश्व रक्तदाता दिवस, ‘नियमितरूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ मनाइँदैछ । सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारे सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्न हरेक वर्षको जुन १४ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । आजको दिनलाई रक्तदातालाई धन्यवाद दिने दिनका रूपमा पनि मनाउने […]

भारतीय पत्रकारको भिषा नविकरण गर्न चीनद्वारा अस्विकार

चिनियाँ अधिकारीहरूले प्रेस ट्रस्ट अफ इन्डियाका पत्रकारलाई यही महिना देश छाड्न निर्देशन दिएका छन् । यी पत्रकार भारत फर्कने बित्तिकै विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनबाट भारतीय सञ्चारमाध्यमको उपस्थिति पूरै समाप्त हुनेछ । यस बर्षको सुरुवातीमा चार भारतीय पत्रकार चीनमा थिए। चीन र भारतले दुई एसियाली आर्थिक महाशक्तिहरूले एक अर्काका पत्रकारहरूलाई आ-आफ्नो देशबाट निष्कासन गरेपछि चीनमा […]

सेयर बजारमा उच्च वृद्धि, कारोबार रकम करिब साढे ३ अर्ब

काठमाडौँ — सेयर बजारमा आइतबार परिसूचक नेप्सेसहित सबै उपसमूहका सूचक बढेका छन् । नेप्से परिसूचक ४०.४ अंक बढेर १९८० अंकमा पुगेको छ । ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । यो कारोबार रकम पछिल्ला दिनको औसतभन्दा बढी हो । कुल २१२ कम्पनीको मूल्य बढ्दा ६ को घट्यो भने ५ को स्थिर रहृयो […]

बलिउड अभिनेता शाहरुखको सिग्नेचर स्टेप गिनिज बुकमा

मुम्बई, जेठ २८ । बलिउड अभिनेता शाहरुख खानका फ्यानहरुले उनको घर मन्नत बाहिर सबैभन्दा धेरै जनाको उपस्थितिमा सिग्नेचर स्टेप बनाएर विश्व रेकर्ड राखेका छन् । शाहरुखको घर बाहिर हरेक दिन फ्यानको भीड लाग्ने गरेको हालै जब शाहरुख खान फ्यानलाई ‘सरप्राइज’ दिनका लागि मन्नतको बालकोनीमा आएर आफ्नो सिग्नेचर स्टेप देखाए, तब घर बाहिर उपस्थित तीन सय […]

सेयर लगानीकर्ताकाे ब्रोकर कार्यालयहरूमा तालाबन्दी

काठमाडौं। सेयर बजारका लगानीकर्ताहरुले ब्रोकर कार्यालयमा ताला लगाउन थालेका छन् ।उनीहरुले अधिकांश ब्रोकर अफिसमा तालाबन्दी गरिसकेका छन्। बाँकी रहेका कार्यालयमा पनि ताला लगाउने कार्य जारी छ। लगानीकर्ताहरुको आन्दोलन चर्किंदै जाँदा आज नियमित दिनहरुमा जस्तो सजिलैसँग सेयर कारोबार हुन कठिन हुने देखिएको छ। विद्यमान पुँजीगत लाभकर (५% र ७.५%) नै अन्तिम कायम गर्नुपर्ने भन्दै लगानीकर्ताहरु सडकम […]

उडिरहेको विमानमा एक व्यक्तिले आपतकालिन ढोका खोल्दा १२ जना घाइते। 

दक्षिण कोरियाको अकाशमा उडिरहेको एसियाना एयरलाइन्सको व्यावसायिक विमानमा एक यात्रुले आकाशमिक ढोका खोलेपछि कम्तिमा १२ जना यात्रु घाइते भएका छन्। यो घटना पूर्वी एसियाको एयरबस ए३२१ जेटमा भएको हो, जसमा १९४ जना यात्रु लिएर दक्षिणी टापु जेजुबाट डेगु सहर जाँदै गरेको विमान एसियाना एयरलाइन्स र सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्। विमान जमिनबाट करिब ७०० फिट […]

मुम्बईलाई हराउँदै गुजरात आइपिएल फाइनलमा

काठमाडौं। गुजरात टाइटन्स भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न दोस्रो क्वालिफायर खेलमा मुम्बई इण्डियन्सलाई ६२ रनले हराउँदै गुजरात फाइनलमा प्रवेश गरेको हो । अब उसले उपाधिका लागि आइतबार चेन्नई सुपर किंग्सको सामना गर्नेछ । चेन्नईले पहिलो क्वालिफायरमा गुजरातलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

दुर्गा प्रसाईँले १६ करोड उधारो नतिरेको भन्दै पाँच वटा मुद्धा दायर

१२ जेष्ठ, काठमाडौं। व्यवसायी दुर्गा प्रसाईँविरुद्ध मुद्धा दर्ता भएको छ । सात वर्षअघि सामान लगेको उधारो नतिरेको भन्दै प्रसाईँविरुद्ध मुद्धा दायर भएको हो । प्रसाईंले आफ्नो मेडिकल कलेजका लागि किनेको मेडिकल इक्विपमेन्टको पैसा लामो समयसम्म तिर्न आनकानी गरेपछि आपूर्तिकर्ता हस्पिटेक इन्टरप्राइजेज, लाइफलाइन ट्रेड इन्टरनेशनल, एसएस इन्टरप्राइजेज, ट्रिनिटी फर्मास्युटिकल्सलगायतले मुद्दा दायर गरेका हुन् । प्रसाईंका दुई […]

आज जेठ ९ गते मंगलबार, यस्तो छ आजको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। […]