सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उच्च सतर्कता

  २४ वैशाख, काठमाडौं ।   पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबि)सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रुपमा गस्ती पेट्रोल र […]

अन्तर्राष्ट्रिय उडान माग गर्दै भैरहवा विमानस्थलको गेटमा व्यवसायीको धर्ना

  २४ वैशाख, बुटवल । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा असन्तुष्ट बनेका रुपन्देहीका व्यवसायीहरूले आज विमानस्थलको गेट अगाडि भेला भएर प्रदर्शन गरेका छन् । बुधबार बिहान चेम्बर अफ कमर्स रुपन्देहीको नेतृत्वमा दर्जन बढी संघसंस्थाले विमानस्थलको मुख्य गेटमा एक घण्टा धर्ना तथा विरोध प्रदर्शन गरेका हुन् । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै व्यवसायी संघसंस्थाका […]

कञ्चनपुर-कमला सडक विस्तार : लहानमा ‘ओभरपास’ निर्माण सुरु

  २४ वैशाख, कञ्चनपुर। पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहान चोकमा ‘ओभरपास’ निर्माण सुरु भएको छ। ‘चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुप’ले यो निर्माणको जिम्मा लिएको छ। सप्तरीको कञ्चनपुरबाट सिरहाको कमलासम्म ८६.८३ किलोमिटर लामो सडकको पश्चिम (सिरहा) खण्डमा बलानदेखि कमलासम्मको ४७ किलोमिटरमा ६२ प्रतिशत काम सम्पन्न भएको छ। लहान चोकको सहिद स्मारक हटाएपछि ‘ओभरपास’ निर्माण सुरु भएको […]

विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

  काठमाडौँ, २४ वैशाखः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय सल्ल्यानका तत्कालीन निमित्त कार्यालय प्रमुख इञ्जिनियर विनोद पुनसमेतका प्रतिवादीविरुद्ध विशेष अदालतले गरेको फैसलाउपर चित्त नबुझेको जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । स्थानीय शारा नगरपालिका वडा नं १५ स्थित सुन्दरडाँडा थाङ्नेखोला सडक निर्माणमा सम्झौताबमोजिमको काम नभएको जनाउँदै आयोगले इञ्जिनियर पुनविरुद्ध रु सात लाख १४ […]

राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

२४ वैशाख, काठमाडौँ । आज विभिन्न कार्यक्रम गरी ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ । सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । विसं १९५८ वैशाख २४ […]

कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो

२४ वैशाख, सिरहा ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानचोकमा ‘ओभरपास’ निर्माणको सुरु भएको छ । ‘चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुप’ले ‘ओभरपास’ निर्माण थालेको हो । सप्तरीको कञ्चनपुरबाट सिरहाको कमलासम्म ८६ दशमलव ८३ किलोमिटर लम्बाइमध्ये पश्चिम (सिरहा) खण्ड बलानबाट कमलासम्म ४७ किलोमिटर खण्डाको ६२ प्रतिशत काम पूरा भएको छ । लहान चोकमा रहेको सहिद स्मारक […]

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५२,  गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४४, आलु […]

आज अधिकांश भागको मौसम सफा, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  २४ वैशाख,काठमाडौं ।  हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा  रहनेछ । कोशी  र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी […]

सांगठनिक हितलाई केन्द्रमा राखेर काम गर्न आईजीपी थापाको निर्देशन

  २३ वैशाख, काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले आ–आफ्नो क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध अनुसन्धान एवं नियन्त्रणको लागि भरपर्दो सुरक्षा रणनीति तयार गरी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन् । हालै सरूवा भई आ–आफ्नो कार्यक्षेत्र जान लागेका प्रहरी नायव महानिरीक्षकहरूलाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन दिँउै उनले सुरक्षा रणनीति तयार पारेर काम गर्न […]

बाल संगठनको अनियमिततामा मुद्दा चलाउन महान्यायाधिवक्ताको निर्देशन

  २३ वैशाख, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले नक्सालस्थित बाल संगठन (बाल मन्दिर)को जग्गा हिनामिनाको घटनामा संलग्नहरूलाई मुद्दा चलाउन निर्देशन दिएको छ । बाल मन्दिरको जग्गा लिजमा दिने निर्णयमाथि अनुसन्धानपछि प्रहरीले फाइल पेश गरेको थियो भने जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन नपर्ने सिफारिस गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयको राय उल्ट्याउँदै महान्यायाधिवक्ता कार्यालयले मुद्दा […]