उद्योगमा विद्युत् कटौती भएपछि औद्योगिक करिडोरका मजदुर आन्दोलित

११ पुस, बारा । बारा–पर्सा औद्योगिक करिडोरका उद्योगमा कार्यरत मजदुरहरुले आज विरोध कार्यक्रम गरेका छन् । डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेबापत विद्युत् महसुल नबुझाउने उद्योगहरुको विद्युत् लाइन काटिएको विरोधमा मजदुरहरुले प्रदर्शन गरेका हुन् । नेपाल विद्युत् प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरको सबैभन्दा ठुलो उद्योग जगदम्बा स्टिल्स, त्रिवेणी स्पेनिङ मिल्स र अशोक स्टिलको गत शुक्रबार साँझदेखि […]

टेरामक्स कार्यान्वयन रोक्न लेखा समितिको निर्देशन

११ पुस, काठमाडौँ । टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) कार्यान्वयन प्रक्रिया रोक्न लेखा समितिले निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले नेपाल दूरसञ्चार प्राधिकरणलाई टेरामक्स खरिद प्रक्रियासँगै कार्यान्वयन र जडान प्रक्रिया समेत रोक्न निर्देशन दिएको हो । समितिका सभापति ऋषिकेश पोखरेलले बैठकको निर्णय सुनाउँदै विवादित विषयमा सुक्ष्म अनुसन्धान नगरेसम्म टेरामक्ससम्बन्धी सम्पूर्ण […]

मन्त्री किरातीको राजीनामा माग्दै काठमाण्डुमा प्रदर्शन (तस्वीरहरू)

९ पुस, काठमाडौं । संस्कृती पर्यटन तथा नागरीक उड्यन मन्त्री सुदन किरातीविरुद्ध सनातन धर्मावलम्बी नेपालीको आयोजनामा आज सोमबार काठमाण्डुमा भव्य प्रदर्शन भएको छ । सनातन संस्कृतिको खुलेआम विरोध गरी प्रचार गरेको भन्दै किरातीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने उनीहरूको माग रहेको छ । मन्त्री किरातीको राजीनामाको माग गर्दै उनीहरूले संसद् भवन घेराउ भन्दै विरोध प्रदर्शन गरेका […]

डेडिकेटेड र ट्रंकलाइन विवादमा उच्चस्तरीय आयोग गठन गर्न महासंघको माग

९ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले डेडिकेटेड र ट्रंकलाइन विवादमा उच्चस्तरीय आयोग गठनको माग गरेको छ । विगतमा उद्योगमा जडित डेडिकेटेड र ट्रंकलाइनको भुक्तानी सम्बन्धी विवाद टुंगोमा नपुग्दै उद्योगहरुको विद्युत् लाइन काटिएको प्रति ध्यानाकर्षण भएको समेत महासंघले जनाएको छ । गत २५ भदौमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको निजी क्षेत्रको भेटमा प्रधानमन्त्रीबाट लाइन नकाट्न निर्देशन […]

कोरियाका लागि १ लाख ४३ हजार भन्दा बढीको आवेदन

काठमाडौँ । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढिले आवेदन फाराम भरेका छन्। उत्पादनमूलक तर्फका लागि आवेदन माग गरिएकोमा १ लाख ४३ हजार ८१२ जनाले फाराम भरेका हुन्।  पुस २ गतेदेखि ६ गतेसम्म फाराम भर्ने समय दिइएको थियो । ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरूदत्त सुवेदीले हिजो मध्य राति १२ बजेसम्म उक्त सङ्ख्यामा […]

पर्यटनमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न माग गर्दै पशुपतिक्षेत्रमा बिरोध प्रदर्शन

५ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनहरुले आन्दोलन गरेका छन् । बिहीवार उनीहरुले बुधवार मन्त्री किराँतीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा माग गरेका हुन् । विरोध प्रदर्शनमा सहभागीहरुले ‘गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराँती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति […]

नारायणगढ-मुग्लिन सडक ७ गतेदेखि ४ घण्टा बन्द हुने

५ पुस, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ । पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)ले आज एक सूचना जारी गरेर जनाएको हो । नारायणगढबाट मुग्लिनतर्फ […]

सर्वोच्चका ६ न्यायाधीशको शपथ ग्रहण आज

५ पुस, काठमाडौं । सर्वोच्च अदालतमा नियुक्त भएका ६ जना न्यायाधीशले आज पद तथा गोपनीयताको शपथ लिँदै । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नियुक्त गर्नुभएको  सर्वोच्चका ६ जना न्यायाधीशले बिहीबार दिउँसो शपथ ग्रहण गर्न लाग्नुभएको हो ।बिहीबार दिउँसो ३ बजे शीतल निवासमा राष्ट्रपति पौडेलले शपथग्रहण गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । संसदीय विशेष सुनुवाइ […]

सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

४ पुस, काठमाडौं । सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त भएका छन् । संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई नियुक्त गरेका हुन् । नियुक्त हुनेहरुमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना, सुनील कुमार पोखरेल र बालकृष्ण ढकाल रहेका छन् ।  उनीहरुलाई नेपालको संविधानको धारा १२९ […]

कानुन संशोधन नगरे २०८३ मा फास्ट ट्रयाक बन्दैन : प्रधान सेनापति

४ पुस, काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले काठमाडौं–तराई फास्ट ट्रयाक बनाउन हाल प्रचलित कानुनहरुले रोकेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा उनले फास्ट ट्रयाक निर्माणका लागि त्यही अनुसारको कानुनी व्यवस्था हुनुपर्ने बताए ।  ‘फास्ट ट्रयाक बनाउनुपर्थ्यो भने फास्ट ट्रयाकमा नियम पनि दिनुपर्थ्यो, ४ वटा […]