विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा १ जनाको मृत्यु, ४ जना घाइते

२० मंसिर, विराटनगर। मोरङको विराटनगरमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ। विराटनगरको सातघुम्ती चोकमा रहेको कवाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको हो। विराटनगर ७  उनको न्यूरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीमा परेर ४ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था […]

पालमा बस्दै आएकी भूकम्प पीडित बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु

१४ मंसिर, जाजरकोट । कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । गाउँपालिका–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए । स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिय देखिएपछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको उनले बताए । गत कात्तिक १७ […]

उर्लाबारी आगलागी: मृतकको संख्या ५ पुग्यो

१२ मंसिर, विराटनगर । मोरङको उर्लाबारीमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । २६ कात्तिकमा उर्लाबारी नगरपालिका ७ को सुनपसलमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको हो । आगो निभाउने क्रममा सिलिण्डर विस्फोट हुँदा चार प्रहरीसहित २८ जना घाइते भएका थिए । प्रहरीका अनुसार सोमबार राति उर्लाबारी नगरपालिका-७ का ४३ […]

सिराहामा २ वटा मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु

७ मंसिर, जनकपुरधाम । सिराहाको हुलाकी राजमार्गमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किंएर दुर्घटना हुँदा तीनजना युवकको मृत्यु भएको छ । एकजना सख्त घाइते छन् । मृत्यु हुनेहरुमा सिराहाको अर्नामा गाउँपालिका-५ का २७ वर्षीय दिनेश कुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेश कुमार सिंह छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेका […]

धनगढीमा आगलागी, अस्पतालसहित ८ वटा पसलमा क्षति

२ मंसिर, धनगढी । धनगढीमा विद्युत सर्ट भएर आगलागी भएको छ । धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा शुक्रबार राति करिब १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पालले विद्युत सर्ट भएर आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सुज सेन्टरलगायतका पसलमा क्षति पुगेको जानकारी […]

दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना

३० कात्तिक, खलङ्गा । दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा परी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको […]

अछाममा अटो दुर्घटना : २ जनाको मृत्यु

३० कर्तिक, अछाम । अछाममा टेम्पो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र ०१००१ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार नगरपालिका–४ का दीपक बोहरा र वडा नं २ का जनक खड्काको उपचारका […]

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

२९ कात्तिक, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १० तखेलमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । गएराति तखेल चोकमा बा ६० प ५१९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीको मरिण गाउँपालिकाका २५ वर्षीय विजय माझी र २४ वर्षीय राम माझीको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । उनीहरु सवार मोटरसाइकल मंगलबार […]

रेलले किचेर धनुषामा १ भारतीय नागरिकको मृत्यु

२८ कात्तिक, जनकपुरधाम । जनकपुर-जयनगर रेलमार्गमा किचिएर एक जनाको मृत्यु भएको छ। धनुषाको विदेहनगरपालिकास्थित बैदेही स्टेसन नजिक भारत बिहारको जयनगर बेल्ही बस्ने अन्दाजी बर्ष ६० को विन्देश्वर दासको लिकमै किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले जानकारी दिए । रेल आज बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको हो ।

कर्णाली प्रदेश सभामुख र उपसभामुख सवार गाडी दुर्घटना

१८ कार्तिक, बागलुङ। कर्णाली प्रदेशका सभामुख र उपसभामुख सवार गाडी बागलुङमा दुर्घटनामा परेको छ । उक्त गाडीलाई मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् भने सभामुख सवार गाडीमा क्षति पुगेको छ । बागलुङको ढोरपाटन नगरपालिका–२ मल्कटिबाङस्थित मध्यपहाडी लोकमार्गमा बागलुङबाट रुकुमतर्फ जाँदै गरेको सभामुख र उपसभामुख सवार गाडीमा बुर्तिवाङबाट बागलुङतर्फ आउँदै गरेको मोटरसाईकल ठोक्किएर […]