महाधिवेशनमार्फत नै पार्टीमा नयाँ दृष्टिकोण र विश्वास बढ्छ: विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय महाधिवेशन नै वर्तमान अवस्थाको उत्तम विकल्प भएको बताएका छन् । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले वडादेखि केन्द्रसम्मको अधिवेशन प्रक्रिया अघि बढाउने प्रस्ताव गरिएको जानकारी दिए । उनले भने , ‘पहिले वडास्तरको अधिवेशन गर्ने, त्यसपछि क्षेत्रीय प्रतिनिधिहरूको सहभागितामा १६५ वटा क्षेत्रीय […]
बालेन-रवि वार्ता चलिरहँदा ज्वागल पुगे अमरेशसिंह

१० पुष, काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिचको छलफलमा निवर्तमान स्वतन्त्र सांसद अमरेश कुमार सिंह पनि मिसिएका छन् । बिहीबार ललितपुरमा दुई नेताबिच छलफल चलिरहँदा अमरेश पनि पुगेका हुन् । आगामी चुनावमा नयाँ शक्तिहरु एकठाउँमा आउने प्रयास स्वरुप वार्ता भइरहेको बताइएको छ । एकजुट हुन दबाब दिँदै जेनजी अभियन्ता […]
रवि लामिछाने र बालेन शाहबिच वान टु वान वार्ता

१० पुष, काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच वान टु वन वार्ता भएको छ। ललितपुरको ज्वागलस्थित बालेनका सहयोगी कुमार बेनको घरमा अहिले दुई जनाबिच वान टु वान वार्ता चलिरहेको हो। यसअघि छलफलका लागि सुदन गुरुङ, सुनिल शर्मा, गणेश कार्की लगायत बेनको निवासमा पुगेका थिए। पहिलो चरणमा सबै नेताहरूबिच सामूहिक […]
राष्ट्रिय सभा निर्वाचनमा २०४३ मतदाता, हेर्नुहोस् सातै प्रदेशका मतदाता र मतभार (सूचीसहित)

१० पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन भएको छ । निर्वाचन आयोगले आयोगबाट स्वीकृत भएको प्रारम्भिक मतदाता नामावली सम्बन्धित सबैको जानकारीका लागि प्रकाशन गरेको हो ।आगामी ११ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख […]
प्रदेशस्तरीय विरोध सभा गर्दै जसपा नेपाल

१० पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोध सभा गर्न लागेको छ । २८ बुँदे मुख्य माग र राष्ट्रिय मुद्दा उठाउँदै विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएको जसपा नेपालले शनिबारदेखि प्रदेशस्तरीय विरोध सभा गर्न लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । बस्नेतका अनुसार प्रदेशस्तरीय कार्यक्रमअन्तर्गत पुस १२ गते विराटनगरमा, […]
क्रिसमसले सामाजिक सद्भाव र सहिष्णुतालाई बलियो बनाओस् : राष्ट्रपति पौडेल

१० पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’को आवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले क्रिसमसले समाजमा आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका हुन् । उनले शुभकामना सन्देश मार्फत यस पर्वले प्रेम, क्षमा, दया र शान्तिको मूल्यमा आधारित जीवनशैलीलाई बढावा दिई विभिन्न सांस्कृतिक […]
आफ्नै नेतृत्वमा दल बनाउने योजनामा बालेन, मध्यरातसम्म कुपण्डोलमा केके छलफल भयो ?

१० पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक सक्रियता बढाएका छन् । आफ्नै नेतृत्वमा पार्टी बनाउने गृहकार्य अनुसार उनले विभिन्न दलका नेता, पत्रकार, जेनजी अगुवा, कलाकार लगायतसँग छलफल गरेका छन् ।यसैक्रममा ललितपुरको कुपण्डोलस्थित एक घरमा गएराति अबेरसम्म बालेनले विभिन्न व्यक्तिहरुसँग अलग–अलग र सामूहिक छलफल गरेका थिए । छलफल आज पनि जारी रहने […]
क्रिसमसले एकता र सद्भाव बलियो बनाओस् : कार्यवाहक सभापति खड्का

१० पुस, काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले क्रिसमस डे–२०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली ईसाई धर्मावलम्बीहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । डिसेम्बर २५ का दिन मनाइने क्रिसमसलाई धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा उल्लेख गर्दै खड्काले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक […]
प्रवासका आकांक्षी भर्चुअल मूल्यांकनमा, रास्वपाको नयाँ मोडल

१० पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप समावेशी, पारदर्शी र प्रविधिमैत्री बनाउने निर्णय गरेको छ ।हिजो (बुधबार) सम्पन्न पार्टी सचिवालय बैठकले छलफल प्रक्रियाबाट छुटेका उम्मेदवार आकांक्षीलाई पुनः सहभागी गराउने, प्रवासमा रहेका आकांक्षीको भर्चुअल मूल्यांकन गर्ने तथा छनोट प्रक्रियामा केन्द्रीय समितिका सदस्यलाई […]
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । बैठकमा पार्टीको १५औँ महाधिवेशनको ढाँचा र कार्यतालिकाबारे छलफल भईरहेको छ । सोही विषयलाई मुख्य एजेन्डा बनाएर बुधबारदेखि जारी बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । बैठकमा महाधिवेशनको कार्यतालिका व्यवहारिक नभएको भन्दै […]
