रौतहट–१ मा रास्वपाको सानदार जित : ‘हेभीवेट’ माधव नेपाल र अजय गुप्ता पराजित

२३ फागुन,रौतहट । मधेस राजनीतिको केन्द्र मानिने रौतहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित दर्ता गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार रास्वपाका उम्मेदवार राजेश चौधरी भारी मतान्तरसहित विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार चौधरीले २८ हजार ९४६ मत प्राप्त गरे। उनले […]
नुवाकोट १ मा डा.प्रकाश शरण महतलाई झिनो अग्रता

२३ फागुन,नुवाकोट । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ मा जारी मतगणनाअनुसार पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक पछिल्लो नतिजाअनुसार डा.प्रकाश शरण महत (रुख चिन्ह) ले ७६८० मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी विक्रम तिमल्सिना (घण्टी चिन्ह) ले ७०६३ मत प्राप्त गरेका छन् । उनी […]
चितवन ३ मा सोविता गौतम अत्यधिक मतसहित विजयी

२३ फागुन,चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् । सोविता गौतमले अहिलेसम्मकै सर्वाधिक मतको जित निकाल्दा कांग्रेस–एमालेका उम्मेदवारको जमानत जफत भएको छ । गौतमले ५९ हजार २ सय ७७ मत ल्याएर जित हात पारेकी हुन् । यो अहिलेसम्मकै सर्वाधिक मतको जित हो […]
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित

२३ फागुन,काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । कुल ३८ हजार ४० मत पाएका उनले २१ हजार ८०९ को मतान्तरसहित विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ र एमालेकी भगवती न्यौपानेले ५ हजार ८३० मत पाएका […]
सोवितालाई बधाई दिँदै रेनुले भनिन्– कामबाट मन जितेँ, मत जित्न सकिनँ

२३ फागुन,काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा नेकपा उम्मेदवार रेनु दाहालले कामबाट चितवनवासीको मन जिते पनि मत जित्न नसकेको बताएकी छन् । रास्वपा उम्मेदवार सोविता गौतमलाई बधाई दिँदै उनले भनेकी छन्, ‘मैले कामद्वारा तपाईंहरुको मन त जितेँ तर मत जित्न सकिनँ । मत जित्ने सोविता गौतमलाई धेरै धेरै बधाई भन्न चाहान्छु ।’ रेनुले […]
जनताको घरघरमा छिरेर समस्यालाई बुझेर मात्र सदन प्रवेश गर्छु : बुद्धरत्न महर्जन

२३ फागुन,काठमाडौं । ललितपुर–१ बाट बुद्धरत्न महर्जन विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार महर्जनले कांग्रेसका उम्मेदवार उदयशमशेर जबरालाई झण्डै १० हजार मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् । निर्वाचन परिणामअनुसार महर्जनले २३ हजार ३७३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री जबराले १३ हजार ५२० मत प्राप्त […]
भारी मतकासाथ भक्तपुर–२ मा रास्वपाका राजीव खत्री विजयी

२३ फागुन,काठमाडौं । भक्तपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री विजयी भएका छन् । खत्रीले नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई ३१ हजार ६१६ मतले हराउँदै सानदार जित हासिल गरेका हुन् । रास्वपाका खत्रीले ४२ हजार ३३३ ,एमालेका बस्नेतले १० हजार ७१७ र कांग्रेसका कबीर रानाले ८ हजार ३०५ प्राप्त गरेका छन् ।
नुवाकोट-२ मा रास्वपाका अच्युतम लामिछाने विजयी

२३ फागुन,काठमाडौं । नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अच्युमत लामिछाने निर्वाचित भएका छन् । शनिबार बिहान सम्पन्न मतगणनमा लामिछानेले ३२ हजार ५४ मत ल्याएर विजयी भएका हुन् । नेपाली कांग्रेसका जगदीशनरसिंह केसीले १५ हजार ५०५ मत ल्याएर दोस्रो भए । नेकपा एमालेका केशवराज पाण्डेले ८ हजार २८५ मत ल्याएर तेस्रो […]
जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्रको अग्रता, नरेश भण्डारीले पछ्याउदै

२३ फागुन,मुगु । जुम्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भएको मतदानको गणना जारी छ । ३२ हजार ६६० मतगणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार ज्ञानेन्द्र बहादुर शाहीले १२ हजार ५४९ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेकपाका उम्मेदवार नरेश भण्डारीले ८ हजार ५४४ प्राप्त गरेका छन् । नेपाली कांग्रेस उम्मेदवार दिप बहादुर शाहि […]
चुनावी अपडेट : देशभर रास्वपा ३५ सिटमा विजयी, ६ सिट जितेको कांग्रेस दोस्रो स्थानमा

२३ फागुन,काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर उल्लेखनीय अग्रता लिइरहेको छ । पछिल्लो अपडेट अनुसार रास्वपाले ३६ सिट जितेको छ । यसले पुराना दलहरूलाई चुनौती दिएको छ । जसमध्ये नेपाली कांग्रेस हालसम्म ६ सिटमा विजयी बन्दै दोस्रो स्थानमा खुम्चिएको छ । प्राप्त […]
