परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबीच द्विपक्षीय भेटवार्ता

  ११ भदौ , काठमाडौँ,– परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र उनको निमन्त्रणामा सोमबार नेपाल आएका ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीबीच आज यहाँ द्विपक्षीय वार्ता भएको छ ।उनीहरुबीच भएको वार्तामा नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । त्यस वार्तामा नेपालले हवाई कनेक्टिभिटी, श्रमसमबन्धी विषयहरु, […]

प्रतिनिधिसभाः बाढीपहिरो र सडक दुर्घटनाका बिरामीको निःशुल्क उपचार गर्न माग

  ११ भदौ ,काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले अविरल वर्षाका कारण देशभर भइरहेको बाढीपहिरो र सडक दुर्घटनाका घाइतेको निःशुल्क उपचार तथा पुनः स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।बैठकको आकस्मिक समयमा सांसद सुशीला थिङले सिन्धुली जिल्लामा यही भदौ ७ गतेको अविरल वर्षाका कारण हायु बस्तीका पाँच घर भत्किएका र १५ परिवार विस्तापित भएकाप्रति ध्यानाकर्षण गराउँदै […]

प्रधानमन्त्री ओलीसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट

  ११ भदौ , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन् ।भेटका अवसरमा उनीहरूबीच दुई पक्षीय हित र चासोसहित पारस्परिक लाभका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानन्त्रीका मुख्य सल्लाहकार […]

प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती : २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्नुस्

  ११ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्न चुनौती दिएका छन् ।प्रनितिधिसभामा विशेष समय लिएर बोलेका माओवादी अध्यक्ष प्रचण्डले बोलेका हुन् । आफ्नो चाहे जस्तो निर्णय गर्न नसकेपछि प्रधानमन्त्री फेसबुकमा प्रकट भएको भन्दै उनले भने, ‘प्रधानमन्त्रीको नियत सही छ भने फेसबुकमा होइन, अबको क्याविनेटमा आओस् […]

संसद्‍बाट प्रचण्डको चुनौती- सरकारका हरेक अपराध नङ्ग्याउँछौँ, रमिते बन्दैनौँ

  ११ भदौ , काठमाडौं- प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर भएको बताएका छन्।प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले सरकार अहंकारपूर्ण शैलीमा गलत बाटोतिर अग्रसर भएको बताएका हुन् ।‘प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा यो सम्मानित रोष्टम म अलिक अगाडि नै पनि उपयोग गर्न सक्थेँ । गरिनँ । […]

राष्ट्रपति पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पामा

  ११ भदौ , लुम्बिनी । राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक रणउजिरेश्वरी भगवती रथजात्रा अवलोकन गर्न आज पाल्पा सदरमुकाम तानसेन आइपुगेका छन् ।उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरे । राष्ट्रपति पौडेललाई जनस्तरबाट समेत भव्य स्वागत गरिएको छ ।जात्रामा सहभागी हुन रक्षामन्त्री मानवीर राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पनि पाल्पा आएका […]

एक हप्ताभित्र देशभर कित्ताकाट खुल्छः मन्त्री अधिकारी

  ११ भदौ ,काठमाडौं, । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अबको एक हप्ताभित्र देशभर कित्ताकाट खुल्ने बताएका छन् ।हिजो (सोमबार)  उनले कार्यविधि बनाएर किटाकाट खुलाउने तयारी भइरहेको बताएका हुन् ।‘कित्ताकाट रोकेर जनताको हित हुन्छ ? अब दुई÷तीन दिनमै कार्यविधि बनाएर कित्ताकाट फुकाउने काम पनि मैले तुरुन्तै गर्छु । अबको एक हप्ताभित्रमा कित्ताकाटको […]

‘हराएका वर्षहरू’ हेरेपछि प्रधानमन्त्री ओलीको प्रतिक्रिया– प्रकाशलाई भेट्न चाहन्छु

  ११ भदौ , काठमाडौँ ।  हेर्ने कथा ‘हराएका वर्षहरू’ यतिवेला चर्चामा छ ।युट्युवको ट्रेन्डिङ एकमा रहेको यो भिडियो हेरेर अधिकांशले मुख्य पात्र प्रकाश तमाङप्रति चिन्ता प्रकट गरिरहेका छन् । यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस भिडियोमा प्रतिक्रिया जनाएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले प्रकाश तामाङलाई भेट्ने चाहना प्रकट गरेका छन् ।  […]

करोडौँको योजना कार्यान्वयन हुन सकेन

  ११ भदौ , । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल भुरुङ–तातोपानी कुण्डमा पूर्वाधार निर्माणका भित्रिएको करोडौँको योजना कार्यान्वयन हुन सकेको छैन ।अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ जाने पर्यटकका लागि विश्रामस्थलको रुपमा रहेको तातोपानी कुण्डलाई व्यवस्थित बनाउन सङ्घीय सरकारले पठाएको रु एक करोड ३० लाख बजेटको योजना कार्यान्वयन भएको हो । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीका वडाध्यक्ष […]

माओवादी अध्यक्ष प्रचण्डले आज संसदमा संबोधन गर्ने

११ भदौ ,काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज संसद्‌मा सम्बोधन गर्ने भएका छन्।पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेताका रूपमा सम्बोधन गर्ने संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।उनले पछिल्लो राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्ने माओवादीले जनाएको छ।   आफूसँगको सत्ता सहकार्य एकाएक […]