केपी ओली र रमेश लेखकलाई गलत ढङ्गले पक्राउ गरियो : एमाले

 काठमाडौं । फागुन २१ को निर्वाचनपछि गठित नयाँ प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ ।बैठकमा एमालेका सांसदहरूले उठेर विरोध जनाएका छन् । बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बसेर बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे । तर एमालेका सांसदहरूले अटेर गरेपछि सांसद गुरु बराललाई बोल्न समय दिएका थिए […]

साइकल चढेर सिंहदरबारमा रास्वपा सांसद :

१९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेल साइकल चढेर सिंहदरबार पुगेका छन् । उनी आज २ बजे सुरु हुने संसद बैठकमा भाग लिन साइकल चढेर सिंहदरबार पुगेका हुन् । गजुरेल सिन्धुली– २ बाट प्रत्यक्षमा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनी यातायात तथा पूर्वाधार क्षेत्रका विशेषज्ञ मानिन्छन् । उनी यसअघि नेपाल […]

सांसद खरेलको सम्पर्क कार्यालय उद्घाटन, चुनाव जितेपछि हराउने प्रथाको अन्त्य गर्ने उद्देश्य

१९ चैत,काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ स्थित ग्वार्को चोक नजिकै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।बिहीबार एक विशेष कार्यक्रमको आयोजनागरी उक्त कार्यालयको उद्घाटन गरिएको हो । कार्यालय उद्घाटनपछि सांसद खरेलले चुनावमा जनतासँग नजिक हुने र चुनाव जितेपछि सांसदहरु हराउने प्रथाको अन्त्य गर्ने उद्देश्यले सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको बताए […]

सरकारी सञ्चार माध्यममै मात्र सूचना प्रकाशन गर्न निर्देशन

१९ चैत ,काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी खर्चमा मितव्ययिता कायम गर्न तथा सूचना प्रवाहलाई एकरूप र पारदर्शी बनाउन सरकारी सञ्चार माध्यममार्फत मात्रै सूचना प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको छ । कार्यालयको चैत १८ गतेको सचिवस्तरीय निर्णयअनुसार संघ, प्रदेश र स्थानीय तहअन्तर्गतका सबै सार्वजनिक निकायलाई यस्तो व्यवस्था लागू गर्न अनुरोध गरिएको […]

काठमाडौं महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

१९ चैत ,काठमाडौं । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ । उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो । […]

संसदमा रवि लामिछानेले सम्बोधन गर्ने

१९ चैत ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् प्रतिनिधिसभाका सांसद् रवि लामिछानेले आजको संसद् बैठकलाई सम्बोधन गर्ने भएका छन् । फागुन २१ को निर्वाचनपछि बस्न लागेको पहिलो बैठकमा लामिछानेले सम्बोधन गर्ने भएका हुन् । आज अपराह्न २ बजेदेखि सुरु हुने बैठकमा दलीय आधारमा सांसदहरूले मन्तव्य राख्ने कार्यसूची तय गरिएको छ ।

मन्त्री रावलले गरिन् सहकारी पीडितसँग प्रत्यक्ष छलफल

१९ चैत ,काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेकी छन् । सरकारले सय दिनभित्र साना सहकारी बचतकर्ताहरूलाई रकम फिर्ता गराउने लक्ष्यसहित अघि बढिरहेका बेला मन्त्री रावलले पीडितहरूसँग संवाद थालेकी हुन् । आज बिहानैदेखि मन्त्रालयमा देशभरका विभिन्न सहकारीका पीडितहरू भेला भई मन्त्री रावलसँग आफ्ना समस्या र […]

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

१९ चैत,काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । विहीबार बिहान उनले पशुपतिनाथ परिसर पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन गरेका हुन् । दर्शनसँगै उनले मन्दिर क्षेत्रको समग्र अवलोकन पनि गरेका हुन् ।गृहमन्त्री नियुक्त भएपछि उनी पहिलो पटक पशुपतिनाथ दर्शनका लागि पुगेका हुन् । आजकै दिन हनुमान जयन्ती परेको अवसर पारेर उनी मन्दिर […]

राजस्व चुहावट नियन्त्रण गर्न आज उच्चस्तरीय छलफल गर्दै अर्थ मन्त्रालय

  १९ चैत, काठमाडौं । अर्थ मन्त्रालयले आज राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न उच्चस्तरीय छलफल गर्दै छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्री कार्यालय, अर्थ, गृह, राजस्व प्रशासनका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख सहभागी हुनेछन्। यस्तै राजस्व प्रशासनसँग सम्बन्धित अर्थ मन्त्रालयका महाशाखा तथा विभागका प्रमुखहरू पनि बैठकमा सहभागी […]

आजदेखि संसद् अधिवेशन : शीर्ष नेताले सम्बोधन गर्ने, ३ अध्यादेश पेस हुने

१९ चैत, काठमाडौं । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद्को पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ ।सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका […]