प्रधानमन्त्री प्रचण्ड चीनमा : यस्तो छ एक हप्ताको कार्यक्रम

६ असार, बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि शनिबार चीन आइपुगेका छन् । चीनको हाङ्चाउ सहरको हाङजाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरे । सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन […]
सभामुख घिमिरे र आयरल्याण्डका राष्ट्रपति माइकलबीच भेटर्वाता।

६ असोज, काठमाडौं। सभामुख देवराज घिमिरेले आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्ससँग शिष्टाचार भेट गरेका छन । राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए । भेटघाटको क्रममा सभामुख घिमिरेले आइरिस राष्ट्रपतिको कविता संग्रह स्मरण गरेका छन । उनले भने, ‘तपाईंले लेखको […]
सहिदको सपना माओबादी केन्द्रले साकार पार्ने:- मौलाना मशहू

३० भाद्र, कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाँउ पालिका वडा नं ७ गणेशपुरमा आज नेकपा माओबादी केन्द्रको जनता संग माओबादी विशेष रूपांतरण अभियान कार्यक्रममा सम्पन्न भएको छ। नेकपा माओबादी केन्द्रका विजयनगर गाँउ पालिका अध्यक्ष नूरूल खानको अध्यक्षता, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व युवा तथा खेल्कुद मन्त्री महेश्वर जंग गहतराज (अथक), […]
राजनीतिमा सक्रिय रहेकै बेला योग्यलाई नेतृत्व सुम्पिने केपी ओलीको घोषणा

३० भदौ काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले आफू राजनीतिक रुपमा अझै २० वर्ष सक्रिय भए पनि योग्य व्यक्तिलाई पार्टीको नेतृत्व सुम्पिएर देश चलाउन जिम्मा दिने घोषणा गरेका छन्। आज ‘बासँग बालबालिका’ कार्यक्रममा किशोर किशोरीका प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले आफू सक्रिय रहेकै बेला नेतृत्व हस्तान्तरण गर्ने योजना सुनाएका हुन्। कार्यक्रममा ओलीलाई सोधिएको तपाईंको अनुपस्थितिमा कसले नेतृत्व […]
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता : अमेरिका र चीन भ्रमणबारे छलफल

३० भदौ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच भेटवार्ता भएकाे हाे । सो भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । साथै सो भेटघाटमा […]
प्रतिनिधि सभा बैठक असोज १४ गतेसम्मका लागि स्थगित

२९ भदौ, काठमाडौं । प्रतिनिधि सभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ। शुक्रबार सभामुख देवराज घिमिरेले असोज १४ गते, आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको जानकारी गराए। शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए। उनले आफ्नो चीन र अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराएका थिए। प्रधानमन्त्री प्रचण्ड […]
प्रधानमन्त्रीको चीन भ्रमण : राष्ट्रपति शीसँग हाङजाओमै भेटवार्ता

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति शी जिनपिङलाई हाङजाओमै भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेर ५ असोजमा न्यूयोर्कबाटै चीन जाने कार्यक्रम छ । आफ्नो भ्रमणबारे संसदलाई जानकारी दिँदै उनले भने, ‘संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण म […]
नेपाल–भारत खुला सीमा व्यवस्थित गर्न सर्वोच्च अदालतको ४ बुँदे परमादेश (पूर्णपाठ)

२८ भदौं, काठमाडौं । सर्वोच्च अदालतले सन्धि सम्झौता र ऐतिहासिक दस्तावेजका आधारमा नेपालको मिचिएको सीमाक्षेत्र स्पष्ट पार्न सरकारका नाममा आदेश दिएको छ । संविधानविद् तथा अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, सीमा विज्ञ बुद्धिनारायण श्रेष्ठ, अधिवक्ताहरु विमल ज्ञवाली, लिलाधर उपाध्याय, शशीकुमार कार्कीले सीमा समस्या समाधान तथा व्यवस्थापनमा आवश्यक आदेश माग गर्दै २०७३ मा रिट निवेदन दर्ता गराएका […]
सुवास नेम्वाङ निधनको शोकमा बिहीबार देशभर सार्वजनिक बिदा

२६ भदौ, काठमाडौं । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा बिहीबार शोक बिदा दिने सरकारले निर्णय गरेको छ । वर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान असामयिक निधन भएको थियो । नेपालको संविधान निर्माण तथा जारी गर्नका लागि स्वर्गीय नेम्वाङले निर्वाह गरेको भूमिका तथा नेपालमा लोकतान्त्रिक गणतन्त्र […]
माधव नेपाल र बाबुराम भट्टराईमाथि कारबाही नभए कडा आन्दोलन थाल्छौं : ज्ञानेन्द्र शाही

२५ भदौ, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारलाई आन्दोलन कसरी गर्नुपर्छ भन्ने देखाउने चेतावनी दिएका छन्। आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियताको सवालमा एक भएर आन्दोलन गर्ने चेतावनी दिए। ‘प्रधानमन्त्रीलाई चुनौती दिन चाहन्छु, अब तपाईंका आन्दोलन गर्ने दिन गए। जनताले प्रधानमन्त्री बनाएको हो जनताको काम गरौं, जनताको काम गर्न सकेन भने घरमा […]
