कोशीको सभामुखमा विष्ट निर्विरोध निर्वाचित

२४ पुस, विराटनगर । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् । उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक थिए । सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई दिएपछि नेकपा एमालेले पनि […]
राष्ट्रियसभा सदस्य निर्वाचन : आज उम्मेदवारविरुद्ध दाबी विरोध र उजुरी दिन सकिने

२४ पुस, काठमाडौं। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज (मंगलबार) उजुरी दिन सकिने भएको छ। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले निर्धारण गरेको निर्वाचन कार्यक्रमअनुसार मंगलबार उम्मेदवारविरुद्ध उजुरी दिने कार्यतालिका छ। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार उम्मेदवारहरुले मनोनयन दर्ता गरेका थिए। राष्ट्रिय सभाका १९ जना सदस्यका लागि माघ ११ गते […]
राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

२३ पुस, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत आज (सोमबार) उम्मेदवारहरुले मनोनयन दर्ता गर्दैछन्। निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मनोनयन पत्र दर्ताका लागि समय निर्धारण गरेको छ। आयोगले सोमबार नै मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्नेछ। उम्मेदवारविरुद्ध उजुरी दिने समय भने मंगलबारलाई निर्धारण गरिएको छ। संघीय संसद्को माथिल्लो सदन (राष्ट्रिय सभा)का […]
एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे रवि लामिछाने

२० पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। च्यासलमा एमाले केन्द्रीय सचिवालय बैठक बस्नै लाग्दा ओलीसँग वार्ता गर्न लामिछाने बालकोट पुगेका हुन्। अहिले दुई नेताबीच बालकोटमा वार्ता जारी छ। एमालेका अन्य नेताहरू भने सचिवालय बैठकका लागि च्यासलमा भेला भइरहेका छन्। एमालेले आगामी माघ […]
एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दै

२० पुस, काठमाडौँ । आज एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, […]
नेपाल-भारतबीच चार बुँदे सहमतिमा हस्ताक्षर

१९ पुस, काठमाडौं । नेपाल र भारतबीच चारवटा सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा बिहीबार भएको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि उर्जा व्यापार सम्झौता सहितका चार सहमतिमा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा उर्जा व्यापार सम्झौता भएको छ । भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत् आयात […]
रविले हाले कान्तिपुरविरुद्ध मुद्दा

१७ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध मुद्दा दर्ता गरेका छन् । उनले काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गराएका हुन् । उनले सामाजिक सञ्जालमार्फत कान्तिपुरविरुद्ध मुद्दा दर्ता गरेको जानकारी दिदै कान्तिपुरले दावी गरेको सहकारी सम्बन्धी आरोपमा आफ्नो कुनै तथ्य नरहेको बताएका छन् । त्यस्तै उनले भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका […]
बालकुमारी घटनाबारे प्रधानमन्त्रीले सत्ता गठबन्धनमा छलफल गर्दै

१५ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको विषयमा सत्तारुढ गठबन्धनका दलहरुसँग छलफल गर्दैछन् । छलफल आइतबार दिउँसो २ बजे बालुवाटारमा आयोजना गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । गत शुक्रबार कोरियाली भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवामाथि प्रहरीले गोली चलाउँदा २ जनाको मृत्यु भएको थियो । पानीजहाज बनाउने […]
बालकुमारीमा खटिएका डिएसपी र मन्त्री ज्वालाका पिएसओ निलम्बित

१४ पुस, काठमाडौं । सरकारले बालकुमारी घटनामा संयमता कायम नगरेको भन्दै सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरेको छ। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो। गृहमन्त्री […]
६ प्रदेशका मुख्यमन्त्री बालुवाटारमा, प्रधानमन्त्रीलाई भेटेर मागे अधिकार

१४ पुस, काठमाडौं । संघीयता कार्यान्वयन गराउन मुख्यमन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् । शुक्रबार हेटौंडामा बसेको बैठकले गरेको निर्णय अनुसार मुख्यमन्त्रीहरुले आज बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका हुन् । उनीहरूले संघीयता कार्यान्यन र सविधान बमोजिम प्रदेश सरकारलाई अधिकार दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । शुक्रबारको बैठकले संघीयता कार्यान्वयन र प्रदेश सरकारको अधिकारलाई नै […]
