तराई मधेसका सात दलको मोर्चा घोषणा आज

  २१ चैत, काठमाडौं । तराई मधेसकेन्द्रित सात दलको मोर्चा घोषणा आज गरिँदै छ । काठमाडौंको थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा दिउँसो ३ बजे मोर्चा घोषणा कार्यक्रम आयोजना गरिएको छ । मोर्चा घोषणा गर्न लागिएका सात दलमा जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा छन् । यी पार्टीका […]

मिथिलामा आज चैती छठ पर्व मनाइदै

  २१ चैत, सर्लाही । महोत्तरीसहित मधेशका जिल्लाहरूमा हाल वासन्ती छठ पर्वको रौनक छ । बोलीचालीमा चैती छठ भनिने यो पर्वको तेस्रो र मुख्य दिन व्रतालुुले आज षष्ठी तिथिका दिन निराहार व्रत सुरु गरेका छन् । पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सख्खरको खिर प्रसादस्वरुप खाएपछि निराहार व्रत प्रारम्भ भएको छ । आज साँझ […]

मधेशको मुख्यमन्त्री कार्यालयबाट स्वच्छता र सफ्टवेयर खरिदका फाइलहरू अख्तियारको नियन्त्रणमा

  १९ चैत, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेशको मुख्यमन्त्री कार्यालयबाट विभिन्न योजनाका फाइलहरू नियन्त्रणमा लिएको छ। अख्तियारले स्वच्छता अभियान, सफ्टवेयर खरिद र सुरक्षा उपकरण खरिद सम्बन्धित फाइलहरु नियन्त्रणमा लिएको हो । अख्तियारको बर्दिबासको टोलीले तिनवटै योजनाको विभिन्न फाइल लगेको अख्तियार स्रोतले जनाएको छ । उक्त योजनाहरू तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको पालामा कार्यान्वयन ‍भएको […]

मधेस प्रदेश प्रमुखद्वारा तीन विधेयक प्रमाणीकरण

  १९चैत,जनकपुर ।  मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका लागि पेस गरिएका तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण गरेकी छन् ।  आज प्रदेश प्रमुख भण्डारीले मधेसमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश बाल अधिकारसम्बन्धी ऐन, २०७७ लाई संशोधन […]

मधेसवादी दलका नेताहरुको दोहोरो चरित्रका कारण मधेस उजाड : प्रभु साह

  १९ चैत, वीरगञ्ज ।  आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मधेसवादी दलका नेताहरुको दोहोरो चरित्रका कारण मधेस उजाड बन्दै गइरहेको टिप्पणी गरेका छन् । वीरगञ्जमा आजपाले आज आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष साहले मधेसवादी दलका नेताहरु सरकारमा भए पनि मधेसका लागि काम नगरेको आरोप उनले लगाए । ‘सत्ता बाहिर […]

धनुषाको मुखियापट्टीमा ११ वटा बिना दर्ता सञ्चालनमा रहेका विद्यालयहरु बन्द

  १९ चैत, जनकपुर । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा बिना दर्ता सञ्चालनमा रहेका ११ वटा निजी विद्यालयहरू बन्द गराइएको छ ।गाउँपालिका अध्यक्ष जयकुमार यादवले एक सूचना जारी गर्दै पालिका भित्र सञ्चालित दर्ता बिनाको ११ वटा निजी विद्यालय बन्द गराइएको जानकारी दिएका छन् । बन्द गराइएका विद्यालयहरुमा न्यू स्काई ईङ्गलिस स्कुल, तराई ईङ्गलिस बोर्डिङ स्कुल, चाईल्ड डेभेलपमेन्ट […]

पन्ध्र दिनमा १३ क्विन्टल गाँजा बरामद   

१९ चैत, महोत्तरी । महोत्तरीमा पन्ध्र दिनयता करिब १३ क्विन्टल लागुऔषध गाँजा बरामद गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो बर्दिबासको सक्रियतामा गाँजा बरामद गरिएको हो । पहाडी जिल्लाम लुकाइछिपाइ ल्याएको गाँजा बरामद गरिएको ब्यूरोका प्रहरी नायब निरीक्षक सरोजकुमार अधिकारीले जानकारी दिनुभयो । सोमबार साँझ बिपी राजमार्गको बर्दिबास–३ गौरीडाँडास्थित ट्राफिक प्रहरी पोष्ट अगाडि वागमती प्रदेश–०१–००६–ख ५३७१ […]

रौतहटको दुई छुट्टाछुटै स्थानमा आगोलागी, रु १० लाख बराबरको क्षती

  १९ चैत, रौतहट । रौतहटको दुई छुट्टाछुटै स्थानमा भएको आगोलागीमा रु.१० लाख ३८ हजार बराबरको क्षती भएको छ । गरुडा नगरपालिका –५ मा रहेको ठाकुर ग्रिल उद्योगमा सोमबार बेलुका करिब ९ बजे तिर आगलागी भएको हो ।आगलागीको घटनाका बारेमा जानकारी पाउनका साथ ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक ओम प्रकाश यादवको नेतृत्वको टोलि खटिएको […]

मिथिलाञ्चलमा छायो चैती छठको रौनक

  १९ चैत, काठमाडौँ- मिथिलाञ्चलसहित तराई-मधेशका जिल्लामा चैती छठ सुरु भएको छ। चार दिनसम्म मनाइने चैती छठ पर्व सोमबार सुरु भएको हो। यो पर्वमा पनि मुख्यरूपमा षष्ठी तिथिको अस्ताउँदो र सप्तमीको उदाउँदो सूर्यको पूजालाई मुख्य मानिने बाबा जलेश्वरनाथ महादेवको पुजारी उपेन्द्र पाठकले बताए। त्यसका लागि तयारीस्वरूप अन्य विधि अपनाइने उनले जानकारी दिए। पहिलो दिन ‘नहा खा’ […]

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवनको शिलान्यास

  १८ चैत , धनुषा ।  महेन्द्रनगर मधेसका मुख्यमन्त्री सतिश सिंहले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको एकेडेमिक भवनको आज शिलान्यास गर्नुभएको छ । जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित मणि मण्डप पछाडिको गुठी जग्गामा निर्माण हुन लागेको उक्त भवनले प्रतिष्ठानका शैक्षिक गतिविधिलाई थप सहज बनाउने अपेक्षा गरिएको छ । मुख्यमन्त्री सिंहले रु दुई करोड ५० मा ठेक्का आह्वान भइसकेको […]