आज वैशाख ३० गते शनिबार, यस्तो छ आजको राशिफल।

आज श्री शाके १९४५ । बि.स.२०८० बैशाख ३० गते शनिबार । इश्वी सन २०२३ मे १३ तारीख जेष्ठ कृष्णपक्ष अष्टमी तिथी धनिष्ठा नक्षत्र ब्रहा योग तैतिल करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा प्रवद्र्ध योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु।

गण्डकीमा नवनियुक्त मन्त्रीले लिए शपथ। 

पोखरा । गण्डकीका नवनियुक्त मन्त्रीले शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख निवासमा नवनियुक्त चार मन्त्रीले शपथ लिएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार बिहान ४ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार बिहान कांग्रेसबाट महेन्द्रध्वज जिसी, दीपेन्द्रबहादुर थापा र जीतप्रकाश आलेलाई मन्त्रीमा नियुक्त गरेका थिए । यस्तै मुख्यमन्त्री पाण्डेले माओवादीबाट रेशमबहादुर […]

राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र, २०४६ साल पछिका सबै भ्रष्टाचार काण्डका फाइल खोलिनु पर्यो। 

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्ररकणमा राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न सबै दोषीलाई कारबाही गर्न माग गरिएको छ । सो प्रकरणमा नयाँ नयाँ पात्र मुछिन थालेकाले आवश्यक अनुसन्धान गरेर […]

नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति द्वारा माइतीघरमा ‘वृहत विरोध सभा’। 

 काठमाडौं, २९ बैशाख । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सरकारसँग विभिन्न माग राख्दै ‘वृहत विरोध सभा’ आयोजना गरेको छ। शुक्रबार माईतीघर मण्डलामा समितिले सरकारसँग शिक्षा क्षेत्रका विभिन्न माग राखि प्रदर्शन गरेको  छ। प्रदर्शनमा सहभागीहरुले ‘बालकक्षा शिक्षकलाई प्राथमिक तृतीय सरह तलवभत्ता दिइयोस्।’, ‘संघीय शिक्षा ऐन जारी गर’लगायतका मागहरु राखेका छन्।

गण्डकी मन्त्रीपरिषद् विस्तार, नवनियुक्त मन्त्री ४ बजे शपथ लिदै। 

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बिहीबार चारजना मन्त्री नियुक्त गर्दै गण्डकी प्रदेश मन्त्रिपरिषद् विस्तार गरिएको हो। महेन्द्रध्वज जिसी, दिपेन्द्रबहादुर थापा, राजीव गुरुङ (दीपक मनाङे) र रेशमबहादुर जुग्जाली मन्त्रीमा नियुक्त भएका हुन् । जिसी र थापा कांग्रेसबाट, मनाङे एकीकृत समाजवादीबाट र जुग्जाली माओवादीबाट मन्त्री बनेका हुन् । उनीहरुको मन्त्रालय […]

१० दिनका लागि ध्यान गर्न नेपाल आएका आमिर खान ५ दिनमै फर्किए।

काठमाडौं। बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा बलिउड अभिनेता आमिर खान गत आइतबार १० दिनका लागि ध्यान गर्न आएका थिए। तर ध्यान गरेको ५ दिन नबित्दै उनी मुम्बई फर्किएका छन्। आज बिहान करिब ११ बजे उनी मुम्बई फर्किएका हुन्।

प्रधानमन्त्री कार्यालयमा नै नक्कली प्रतिवेदन

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री, पूर्वगृहसचिवको प्रत्यक्ष संलग्नता खुलेपछि विगतमा गृह मन्त्रालयका नेतृत्व सम्हालेका अन्य व्यक्तिमाथि समेत अनुसन्धान सोझिने देखिएको छ । प्रहरीले यति ठुलो प्रकरण बाहिर ल्याउने आँट कसरी गर्यो र लेनदेनका गोप्य कागजपत्र कसरी फेला पार्यो भन्ने कौतुहलता आम रूपमा देखिएको छ । सङ्गठित गिरोहको प्रभावमा भएको यो घटनाको पर्दाफास भने […]

आज वैशाख २९ गते शुक्रबार, यस्तो छ आजको राशिफल। 

आज वैशाख २९ गते शुक्रबार, यस्तो छ आजको राशिफल। आज श्री शाके १९४५ । बि.स.२०८० बैशाख २९ गते शुक्रबार । इश्वी सन २०२३ मे १२ तारीख जेष्ठ कृष्णपक्ष सप्तमी तिथी श्रवण नक्षत्र शुक्ल योग वालव करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा धुम्र योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु, अष्टमीव्रत गोरखकाली पूजा।

७ दिनभित्र कर्मचारीले रमाना नलिए कारबाही गर्ने मन्त्रालयको चेतावनी।

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काजमा खटाएका कर्मचारी र काज फिर्ता गरेका कर्मचारीले ७ दिनभित्र रमाना नलिए कारबाही गर्ने चेतावनी दिएको छ । बुधबार मन्त्रालयले एक सूचना जारी गर्दै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्न संघीय कर्मचारी काज फिर्ता गरिएका कार्यालयमा रमाना भई नगएमा कारबाही गर्ने चेतावनी दिएको हो । ‘काजमा […]

भुटानी शरणार्थी प्रकरणकाे अनुसन्धान भएकोमा खुशी छु : अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनप्रति आफु खुशी भएको प्रतिक्रिया दिएका छन् । बिहीबार एमाले केन्द्रीय कमिटी बैठकअघि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले भने,‘एक ढंगले भन्ने हो भने यो कसैको काबुभन्दा बाहिरको स्थिति थियो छताछुल्ल भयो, सारै ठुलो संख्यामा ठगी र शोषण भएपछि यो घटना छताछुल्ल भएको […]