टी-२० विश्वकपमा पुगेको नेपाली टोलीलाई ५० लाख दिने क्यानको घोषणा

२० कार्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकपमा छनोट हुने राष्ट्रिय टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ । आज सोमबार बसेको क्यानको बोर्ड बैठकले टोलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको क्यानका सचिव पारस खड्काले बताए । काठमाडौंमा भएको टी–२० विश्वकपमा छनोटको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल आउँदो वर्ष अमेरिका […]

काठमाडौँ महानगरले भूकम्प पीडितका लागि पठायो राहत सामाग्री

२० कार्तिक, काठमाडौँ । काठमाडौं महानगरपालिकाले भूकम्प पीडितहरूका लागि राहत सामाग्री पठाएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत महानगरले जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितहरूका लागि राहत साम्रागी पठाएको हो । भूकम्प पीडितहरूका लागि अत्यावश्यक पर्ने सामाग्रीहरू पठाइएको काठमाडौं महानगरपालिले जनाएको छ । गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ठूलो धनजनको क्षति पुगेको […]

जाजरकोटमा शक्तिशाली परकम्पले घरहरु भत्किए, केही व्यक्ति घाइते

२० कार्तिक, राउतगाउँ (जाजरकोट) । शुक्रबार रातिको भूकम्पले क्षति पुर्‍याएको जाजरकोटका बस्तीमा सोमबार अपरान्ह अर्को शक्तिशाली परकम्प भएको छ । जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडा नै केन्द्रविन्दु भएर सोमबार ४ः३१ मा गएको ५.८ रेक्टर स्केलको परकम्पले भेरी नगरपालिकामा धेरै घर भत्किएको छ भने केही व्यक्ति घाइते भएका छन् ।  शुक्रबारको भूकम्पले १२ जनाको मृत्यु भएको […]

जाजरकोट भूकम्पका ३ सय ८० भन्दा बढी परकम्प

२० कार्तिक, काठमाडौँ । गत शुक्रबार राति जाजरकोटमा गएको ६.४ म्याग्निच्युडको भूकम्पपछि सोमबार बिहानसम्म ३ सय ८२ वटा स–साना परकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । अधिकांश परकम्पहरू भूकम्पको केन्द्रबिन्दु रहेको रामिडाँडा आसपास गएका छन् ।शुक्रबार रातिको भूकम्प यता ४ म्याग्निच्युड माथिका सातवटा परकम्प गएका छन् । कार्तिक १८ गते ४.५, ४.२, ४.३, […]

MDMS मा दर्ता नभएकाे मोबाइल फोन आजदेखि बन्द हुदै 

काठमाडौं। आज सोमबार राति ९ बजे देखि MDMS (मोबाइल डिवाइस म्यानेजमेन्ट सिस्टम) पूर्ण रूपमा कार्यान्वयन हुनेभएको छ। नियामक नेपाल दूरसञ्चार प्राधिकरण ले अन्ततः मोबाइल फोन दर्ता नभई नेपाल भित्र चल्न नसक्ने नियम लागू गर्ने निश्चित भएको हाे। नेपाल दूरसञ्चार का अध्यक्ष प्रुषोत्तम खनाल ले हाई इन्ड तथा प्रीमियम स्मार्टफोन बाट यो प्रणाली कार्यान्वयन हुनलागेको जानकारी […]

भरतपुर महानगरले भूकम्प प्रभावितलाई एक करोड दिने

१९ कार्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि सहयोग घोषणा गरेको छ । महानगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले भूकम्प प्रभावितका लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।महानगरको निर्णय अनुसार सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ । महानगरपालिकाले जनप्रतिनिधिको एक महिनाको तलब, अधिकृतस्तरका कर्मचारीको […]

दुर्गा प्रसाईँलाई साइबर ब्यूरोको सोधपुछ

१९ कार्तिक, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीको साइबर ब्यूरोले ‘सोधपुछ’ गरेको छ । भोटाहिटीस्थित ब्युरोको कार्यालयमा केही कुरा बुझ्नुपर्ने भएको हुनाले प्रसाईंलाई बोलाइएको ब्यूरोको एसपी पशुपति रायले रातोपाटीलाई बताए । उनले भने,‘उहाँ आउनुभएको थियो, हामीले आवश्यक सोधपुछ गरेका छौँ ।’ सामाजिक  संजालमा प्रमाण बिना प्रसाईँले बोलेका विषयमा अनुसन्धान अधिकृतहरुले प्रसाईँसँग सोधपुछ गरेका हुन् […]

जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि काठमाडाैंबाट निःशुल्क बससेवा

१९ कात्तिक, काठमाडौँ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि निःशुल्क बससेवा सञ्चालन गरेको छ । काठमाडौँमा बसोबास गर्दै आएका भूकम्पबाट प्रभावित क्षेत्रका जनतालाई आफ्नो घर जानका लागि सहजता होस् भन्ने उद्देश्यले सो कम्पनीले निःशुल्क बससेवा सञ्चालन गरेको हो । कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत […]

मन्त्रिपरिषदको निर्णय : भूकम्पमा घाइते भएकाको सबै उपचार निःशुल्क

१९ कात्तिक, काठमाडौं । सरकारले भूकम्पमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए । ‘सबै घाइतेहरुको निःशुल्क उपचार हुन्छ । जति महँगो उपचार गर्न पर्यो भने पनि निःशुल्क हुन्छ,’ बैठकपछि उनले भने । उनले निजी अस्पतालहरुमा […]

मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु

१९ कात्तिक, काठमाडौं । शुक्रबार राति गएको भूकम्पपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ । भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुन:स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको मन्त्रिपरिषद् बैठक बसेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रभावित क्षेत्र जाजरकोट र रुकुम पुगेर फर्किएपछि आइतबार बिहानै मन्त्रिपरिषद् बैठक बोलाएका छन् । शनिबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी […]