स्कटल्यान्डविरुद्धको खेलमा नेपालले टस जित्यो

१२ माघ, काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप छनोटको लिग चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ । समूहको तेस्रो स्थानमा रहेर सुपर सिक्समा पुग्नका लागि यो खेलमा नेपालले फराकिलो जित हासिल गरेर मात्र पुग्ने छैन अर्को खेलमा नेदरल्यान्ड्सले थाइल्याण्डमाथिसमेत जित निकाल्नु पर्नेछ । […]
विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरवारमा बस्न लागेको हो । बैठकमा चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।
संयुक्त निर्वाचन सञ्चालन’ केन्द्र उद्घाटन, समस्या तक्षणमै समाधान गरिने

११ माघ, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) उद्घाटन भएको छ । आइतबार एक कार्यक्रमकाबीच संयुक्त निर्वाचन सञ्चालन केन्द्र उद्घाटन गरिएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै भण्डारीले निर्वाचनका क्रममा उत्पन्न हुन सक्ने कुनै पनि समस्यालाई तक्षणमै पहिचान गरी […]
पर्यटक उद्धारको नाममा फेक रेस्क्यु धन्दा, तीन करोड रुपैयाँ शंकास्पद कारोबार

११ माघ, काठमाडौं । नेपालमा पदयात्रा तथा पर्वतारोहणका लागि आएका विदेशी पर्यटकलाई लक्षित गरी उद्धार तथा उपचारको आवरणमा गैरकानुनी गतिविधि भइरहेको तथ्य खुलेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रमुख मनोज कुमार केसीले उक्त गतिविधि आर्थिक हिनामिनासँग सम्बन्धित रहेको आशंका गर्दै सघन अनुसन्धान गरिएको जानकारी दिए । आइतबार आयोजित पत्रकार सम्मेलनमा सिआइबी प्रमुख […]
५७ अंकले बढेको बजारमा साढे १३ अर्ब भन्दा बढीको शेयर कारोबार

११ माघ, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उल्लेख्य बढोत्तरीसहित बन्द भएको छ ।यसदिन नेप्से ५७.५५ अंकले बढेर २,७७२.१७ बिन्दुमा पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा २.१२ प्रतिशतको वृद्धि हो । यस दिन सेन्सेटिभ इण्डेक्स ८.०५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८२ […]
मधेसमा ३४१ जनाले गरे मतदान

११ माघ, जनकपुर। राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशमा ३४१ जनाले मतदान गरेका छन्। आइतबार सम्पन्न राष्ट्रिय सभा सदस्यको चुनावमा प्रदेश सभाका एक सय जनाले मतदान गरेका छन्। नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी मात्रै अनुपस्थित रहेको निर्वाचन कार्यालयले जनाएको छ। त्यस्तै, स्थानीय तहतर्फ २४२ जनाले मतदान गरेका छन्। स्थानीय तहमा २६४ मतदाता रहेको भए […]
नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना छ : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गरेका छन् । बैठकमा सम्बोधन गर्दै संयोजक प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना रहेको बताए । उनले पार्टीले २० वटा दललाई समेटेर एउटै पार्टी निर्माण गरेपनि सबै पक्षलाई समेट्ने गरी प्रतिनिधि सभाका […]
खड्ग फागोले थाले चुनावी होमवर्क, मोरङ–१ को समग्र विकास पहिलो एजेन्डा

११ माघ, विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार खड्ग फागोले आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी तयारी तीव्र बनाएका छन् । उनले क्षेत्रको समग्र विकास, सुशासन, पारदर्शिता र जवाफदेही राजनीतिक संस्कृतिलाई आफ्नो मुख्य एजेन्डा बनाउने बताएका छन् । पूर्व जनप्रतिनिधिका रूपमा काम गर्दा हासिल गरेको अनुभवले आफूलाई थप परिपक्व र जिम्मेवार […]
राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा मतदान जारी

११ माघ, जनकपुर । राष्ट्रिय सभामा रिक्त रहेको १७ सदस्यको पदका लागि मतदान भइरहेको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा विहान ९ बजेदेखि मतदान जारी रहेको छ । मधेश प्रदेशमा चार सिटका लागि ११ जना उम्मेदवार रहेका छन् भने ३६४ जना मतदाता रहेका छन् । ३६४ जना मतदातामध्ये १०० जना प्रदेशसभा सदस्य र २६४ […]
सुदूरपश्चिममा २२४ मध्ये १४८ जनाले मतदान गरे

११ माघ, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मतदान जारी रहेको छ। निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टका अनुसार अहिलेसम्म एक सय ४८ मत खसेका छन्। सुदूरपश्चिममा स्थानीय तहका १७३ र प्रदेश सभाका ५१ गरी २२४ मतदाता छन्। राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) ले गठबन्धन गरेका छन् भने उनीहरूविरुद्ध नेपाली […]
