गृहमन्त्री गुरुङले भने : जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

१५ चैत,काठमाडौं । गृहमन्त्री सुदन गुरुङ र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ दिनेश भट्ट बीच कार्यालयमै छलफल भएको छ । आइतबार मन्त्रालय अन्तर्गतकै जोखिमको विषयमा गृहमन्त्री सुदन गुरुङले ब्रिफिङ गर्दै मनसुन अगाडि नै विपत व्यवस्थापनमा तयारी रहन अनुरोध गरे । कार्यकारी प्रमुख दिनेश भट्टले भने, ‘यो नियमित प्रक्रिया हो, अन्य गृहमन्त्रीहरु ढिलो […]
ओलीको रिहाइको माग गर्दै रिट दायर, सोमबार बहस हुने

१५ चैत,काठमाडौं । केपी शर्मा ओलीलाई हिरासतबाट मुक्त गरिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । आज दर्ता भएको रिटमाथि बहस भने सोमबार हुनेछ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीलाई थुनामुक्तको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो । गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओलीकी श्रीमती राधिका शाक्यको तर्फबाट […]
गंगा सागर पोखरी नजिक अनाधिकृत टहरा र फुटपाथका पसलहरुमा चल्यो डोजर

१५ चैत,जनकपुर । मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले ‘बुलडोजर मन्त्री’को नाम पाएका छन् । जनकपुरवासीले मन्त्री महतोलाई भारतको युपीका मुख्यमन्त्री योगी आदित्यनाथसंग तुलना गर्न थालेका छन् । विगत केही दिनदेखि आफैं जनकपुरधामको मुख्य सडक, चोक, मन्दिर वरिपरि रहेको फुटपाथहरु खाली गराउँदै हिँडेका गृहमन्त्री महतोले आज डोजर लगाएर अनाधिकृत टहरा र पसलहरु तोडेका […]
नयाँ सरकारको एकसय कार्यसूचीमा पर्यटन पूर्वाधार र लगानी प्राथमिकतामा

१५ चैत,काठमाडौं । नवगाठित बालेन्द्र शाह(बालेन)सरकारले देशको अर्थतन्त्रको मेरुदण्ड मानिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन ‘शासकीय सुधारका १०० कार्यसूची’मा विशेष प्राथमिकता दिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले स्वीकृत गरेको यस कार्ययोजनामा लगानी वातावरण सुधार, निजी क्षेत्र प्रवद्र्धन तथा पूर्वाधार विकासमार्फत पर्यटन उद्योगलाई बलियो बनाउने सरकारले लक्ष्य राखेको छ । सरकारले पर्यटन क्षेत्रका राष्ट्रिय गौरवका आयोजना […]
ओली र लेखक पक्राउको विरोधमा रौतहटमा एमालेको प्रदर्शन, सिडिओमार्फत सरकारलाई ज्ञापनपत्र

१५ चैत,रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) रौतहट जिल्ला कमिटीले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरोधमा सदरमुकाम गौरमा वृहत् प्रदर्शन गरेको छ । सरकारको कदमलाई ‘राजनीतिक प्रतिशोध’ र ‘गैरकानुनी’ ठहर गर्दै एमाले कार्यकर्ताहरूले गौर बजारमा नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनपश्चात् एमालेका […]
ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

१५ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध आज पनि आन्दोलन जारी छ । आइतबार एमालेका नेता तथा कार्यकर्ताहरु माइतीघरमा जम्मा भई सरकारविरुद्ध पदर्शन गरिरहेका छन् । उनीहरुले अध्यक्ष ओलीकोरिहाइको माग गर्दै आन्दोलन गरेका हुन् । माइतीघरमा जम्मा भएका एमालेका कार्यकर्ताहरुले सरकारी संरचना ध्वस्त बनाउन र जेनजीलाई उकासेको भन्दै नवनिर्वाचित गृहमन्त्री सुदन गुरुङ […]
केपी ओलीलाई तत्काल रिहा गर्न माग गर्दै एमाले धनुषाले बुझायो विरोध पत्र

१५ चैत, जनकपुर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गर्दै एमाले धनुषाले विरोध पत्र बुझाएको छ । आइतबार नेकपा एमाले धनुषाका पदाधिकारी सहित एमालेका नेता तथा कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई विरोध पत्र बुझाएको हो । विरोध पत्रमा कार्की आयोगको प्रतिवेदनको नाममा बाहाना बनाई नेपालको संविधानिक […]
एमाले काठमाडौंद्वारा ओलीको रिहाइको मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र

१५ चैत,काठमाडौँ । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिहाइको माग गर्दै एमालेले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयको बैठकले आज देशैभरी रिहाइका लागि ज्ञापनपत्र बुझाउने निर्णय भएको थियो । सोही अनुसार काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा पनि ज्ञापन पत्र बुझाइएको छ ।गत भदौ २३ र २४ […]
बारा नेकपा एमालेद्वारा अध्यक्ष ओलीको रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाइयो

१५ चैत, बारा । नेकपा एमाले जिल्ला कमिटी बाराले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र बुझाएको छ । पार्टीका जिल्ला अध्यक्ष अध्यानन्द पाण्डेको नेतृत्वमा पार्टी कार्यालयबाट निस्किएको जुलुस जिल्ला प्रशासन कार्यालय पुगेको थियो । जुलुसमा सहभागी नेता–कार्यकर्ताहरूले अध्यक्ष ओलीको रिहाइको माग गर्दै नाराबाजी समेत गरेका थिए । जिल्ला प्रशासन […]
एमाले चितवनद्वारा ओली–लेखकको रिहाइ र उच्चस्तरीय छानबिन आयोग गठनको माग

१५ चैत, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन जिल्ला कमिटीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउप्रति आपत्ति जनाउँदै उच्चस्तरीय छानबिन आयोग गठन र उनीहरूको तत्काल रिहाइको माग गरेको छ । आइतबार चितवनस्थित जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग दोहोर्याइएको छ । […]
