इनिशा विकले न्याय नपाएसम्म शव नउठाउने संघर्ष समितिको चेतावनी

१२ चैत,काठमाडौं । सुर्खेतकी इनिशा विक हत्या प्रकरणमा अनुसन्धान ढिला गरिएको र अहिलेसम्म दोषीहरुलाई कारबाही नगरिएको भन्दै संघर्ष समितिले आपत्ति जनाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिका सदस्यहरुले घटनामा किटानी जाहेरी दिँदासमेत लिन नमानिएको र हत्यारालाई जोगाउन खोजिएको कुरा आफूहरुले पटक पटक उठाएको दाबी गरेका हुन् । इनिशा हत्या प्रकरणमा दोषीलाई कारवाही गर्न […]

नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

१२ चैत,काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित २७४ जना सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यहरुलाई शपथ गराएका हुन् । नवनिर्वाचित सासंदहरु थरीथरी भेषभूषामामा शपथ लिन सिंहदरबारस्थित संसद् भवनको हलमा पुगेका थिए । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार सदस्यले प्रतिनिधिसभा […]

शपथ ग्रहण अघि के भने नवनिर्वाचित सांसहरुले ?

१२ चैत,काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरू शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन परिसरमा उपस्थित भइरहँदा विभिन्न दलका सांसदहरूले आफ्ना प्राथमिकता र प्रतिबद्धता सार्वजनिक गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद केपी खनालले सञ्चारकर्मीसँग कुरा गर्दै सुशासनका तीन आधार स्तम्भ पारदर्शिता, इमान्दारिता र जवाफदेहिताबाटै परिणाम आउने गरि काम गर्ने बताएका छन् । उनले भने, ‘पारदर्शी, […]

नवनिर्वाचित सांसदहरूले लिए शपथ

  १२ चैत,काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा उनीहरूले शपथ लिएका हुन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् । सांसदहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका […]

कोशी प्रदेश मन्त्रिपरिषद् विपद् कोषमा १५ करोड जम्मा गर्ने

१२ चैत,विराटनगर । कोशी प्रदेश सरकारको आज(विहीबार) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा महत्त्वपूर्ण निर्णय गरेको छ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार बैठकले प्रदेश भवन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको हो । त्यस्तै, प्रदेश सरकारले २०८३ सालका सार्वजनिक बिदा समेत स्वीकृत गरेको छ । साथै, वित्तीय समानीकरण अनुदान […]

चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण

  १२ चैत, काठमाडौं । चीनले बिहीबार लङ मार्च–२डी क्यारियर रकेट प्रक्षेपण गरेको छ । जसले दुई नयाँ उपग्रहहरू अन्तरिक्षमा राख्न सफल भएको छ । रकेटले उत्तरी चीनको शान्सी प्रान्तको ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान ६ः५१ बजे (बेइजिङ समय) प्रक्षेपण गरेको हो । सिवेई गाओजिङ–२ ०५ र सिवेई गाओजिङ–२ ०६ उपग्रहहरूको जोडीलाई तिनीहरूको पूर्वनिर्धारित कक्षमा […]

नेपाली बाहेकको भाषामा शपथ लिने सांसदको संख्या ६३ पुग्यो

  १२ चैत, काठमाडौं । नेपाली बाहेकको भाषामा शपथ लिने प्रतिनिधि सभा सदस्य (सांसद)हरूको संख्या ६३ पुगेको छ । संघीय संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिन्छु भनेर इमेल र भौतिक रुपमा उपस्थित भएर जानकारी गराएका हुन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे हुँदैछ । […]

कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल

१२ चैत,काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोग निष्पक्ष छानबिनका लागि नबनेको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै महासचिव पोखरेलले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको बताएका हुन् । ‘कार्की आयोग निष्पक्ष छानबिनका लागि […]

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

१२ चैत,काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । […]

दार्चुलामा भूकम्पको धक्का

१२ चैत,काठमाडौं । दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ८:३२ बजे ४.० म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का दार्चुला जिल्लाका विभिन्न स्थानका साथै आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो ।