यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ८० पैसा र […]
आजको मौसम : तराईका केही स्थानमा हुस्सु, बाँकी क्षेत्रमा मौसम सफा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसकारण तराईका केही स्थानमा हुस्सु लागेको छ भने गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो तराईका अधिकांश स्थानमा मध्यान्हसम्म हुस्सु–कुहिरो रहने छ । कोशी […]
आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै

काठमाडौं । आज पृथ्वी जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । यस दिवसले साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिने र मुलुकलाई एक सूत्रमा बाँध्ने महान् प्रयत्न गर्ने पुर्खाहरूको […]
रास्वपाले एकतर्फि रुपमा सहमति भंग गर्यो : कुलमान

काठमाडौं । उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले रास्वपाको साधारण सदस्यको रुपमा बस्छु भन्दा पनि रास्वपाले एकतर्फि रुपमा सहमति भंग भएको घोषणा गरेको बताएका छन् । शनिबार भएको केन्द्रीय समिति बैठकपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले आज अन्तिम चरणमा सहमतिको लागि प्रस्ताव अगाडि सारेको साधारण सदस्य भएर बस्छु भन्दा पनि अन्तिममा आएर एकतर्फि रुपमा सहमति […]
उज्यालो नेपाल पार्टीको रिक्त अध्यक्ष पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय

काठमाडौं । उज्यालो नेपाल पार्टीले रास्वपा र उनेपाबीच भएको सहमति भंग गर्ने निर्णय गरेको छ । शनिबार उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले रास्वपा र उनेपाबीच भएको सहमतिका बुँदाहरु रास्वपाले कार्यान्वयन गर्न नमानेको र एक पक्षीय रुपमा सहमति तोडेको हुनाले उक्त सहमति भंग गरेको जानकारी दिएका छ। बैठकको निर्णय, ‘२०८२ पौष १४ गते रास्वपा […]
कांग्रेस विशेष महाधिवेशन : ३६ सयलाई आवास, खानामा मटन र चिकेन

काठमाडौँ । नेपाली कांग्रेसको आइतबारदेखि शुरू हुने विशेष महाधिवेशनका लागि काठमाडौँका फरक फरक स्थानमा ३६ सय प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ। महाधिवेशन आयोजना स्थल भृकुटीमण्डपमा शनिबार दिउँसो आयोजित विशेष महाधिवेशन नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो । महाधिवेशनका लागि गठन गरिएको आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौँका सुन्धारा, बागबजार, […]
राष्ट्रिय सहमतिबिना निकास असम्भवः पूर्वराजा शाह

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै देश बच्ने हो कि होइन भन्ने निराशा पैदा भएको बताएका छन्। ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले झण्डै दुई दशकअघि शान्ति र समृद्धिको सपना देखाएर सत्तामा पुगेका दलहरूले देशलाई संकटमा धकेलेको बताएका हुन्। पूर्वराजाले आफूले […]
रेशमलाई अल्पकालीन नभइ दीर्घकालीन र रणनीतिक क्षेत्रका रूपमा अघि बढाऔं : मन्त्री डा.परियार

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा.मदनप्रसाद परियारले रेशम क्षेत्रलाई उपेक्षित हस्तकला वा सानो कृषि गतिविधिको रूपमा नभई रणनीतिक कृषि–औद्योगिक क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् । शनिबार आयोजित प्रथम राष्ट्रिय रेशम सम्मेलन नेपाल २०२६ लाई सम्बोधन गर्दै मन्त्री परियारले रेशम उद्योग ग्रामीण रोजगारी सिर्जना, महिला तथा युवा सशक्तिकरण, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमार्फत […]
कुलमानले सहकार्यको सम्भावना सकियो भनेपछि रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक

२६ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ। उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले सहकार्यको सम्भावना सकियो भनेपछि रास्वपायले यसबारे छलफल गर्न आकस्मिक बैकठ बोलाएको हो। पार्टी प्रवक्ता मनीष झाका अनुसार आजै सवा ३ बजे बस्नेगरि सचिवालयको भर्चुअल बैठक बोलाइएको हो। बैठकमा पार्टी एकता र समायोजन बारे छलफल हुने छ। […]
काठमाडौं क्षेत्र नम्बर–२ बाट अनुप बोहराको स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर–२ बाट अनुप बोहराले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा बोहराले देशको वर्तमान राजनीतिक संरचना र निर्वाचन प्रणालीले स्थिर सरकार दिन नसकेको दाबी गर्दै आफू स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रन लागेको बताएका हुन् । कार्यक्रममा बोल्दै उनले संविधान संशोधन […]
