प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच टेलिफोन संवाद, संसदको अवरोध हटाउने बारे छलफल

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच टेलिफोन संवाद, संसदको अवरोध हटाउने बारे छलफल काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अवरोध हटाउन छलफल सुरु गरेका छन् । सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहालसँग सदनको अवरोध हटाउने विषयमा छलफल गरेका हुन् । उनले बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलसँग संवाद गर्न आग्रह गरेका छन् । […]

विकासलाई वातावरण मैत्री बनाउनु पर्छ: राष्टपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, ” आजको दिन हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउने […]

राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश मनोज शर्माको इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको सर्वोच्च अदालत प्रवक्ता विमल पौडेलले जनाएका छन् ।

रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रण गर्न माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डेङ्गु रोग नियन्त्रण, रोकथाम र उपचारका लागि बेलैमा सावधानी अपनाउनुपर्ने भन्दै सङ्घीय संसद् सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गरेको छ । रास्वपाका सांसद विराजभक्त श्रेष्ठले डेङ्गु रोग फैलन नदिन यसवर्ष वर्षायाम सुरु हुनुअघि नै सावधानी अपनाउन माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएको सो पार्टीका सचेतक सन्तोष परियारले जानकारी दिए […]

सन्दिप लामिछाने भोलि दक्षिण अफ्रिका जाने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका एक महत्वपूर्ण खेलाडि सन्दीप लामिछानेलाई भोलि दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ ।एक नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा अदालतमा मुद्दा खेपिरहेका लामिछानेको मुद्दाको पेसी असार २९ गतेसम्मको लागि सरेपछि उनलाई भोलि दक्षिण अफ्रिका पठाउन लागिएको हो । नेपालले यही असार ३ गतेबाट जिम्बावेमा आयोजना हुने आईसीसी […]

सेयर लगानीकर्ताकाे ब्रोकर कार्यालयहरूमा तालाबन्दी

काठमाडौं। सेयर बजारका लगानीकर्ताहरुले ब्रोकर कार्यालयमा ताला लगाउन थालेका छन् ।उनीहरुले अधिकांश ब्रोकर अफिसमा तालाबन्दी गरिसकेका छन्। बाँकी रहेका कार्यालयमा पनि ताला लगाउने कार्य जारी छ। लगानीकर्ताहरुको आन्दोलन चर्किंदै जाँदा आज नियमित दिनहरुमा जस्तो सजिलैसँग सेयर कारोबार हुन कठिन हुने देखिएको छ। विद्यमान पुँजीगत लाभकर (५% र ७.५%) नै अन्तिम कायम गर्नुपर्ने भन्दै लगानीकर्ताहरु सडकम […]

भारतको चार दिने भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। भारतको चार दिने भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । शनिबार साँझ ६ बजेपछि प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डल स्वदेश फर्किएको हो । प्रधानमन्त्री नेपाल एयरलाइन्सको विमानमार्फत स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री प्रचण्ड १७ मा भारत भ्रमणमा गएका थिए । भारतमा रहँदा प्रधानमन्त्रीले भारतीय राष्ट्रपति द्रौपदी म‍ुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, उद्योगी व्यवसायी लगायत विभिन्न […]

नेपाल मलेसियासंग पराजित, सिरिज बराबरीको अवस्था

नेपाल मलेसियासंग पराजित, सिरिज बराबरीको अवस्था काठमाडौँ- घरेलु टोली मलेसियाविरुद्ध नेपाली महिला क्रिकेट टिम पुनः पराजित भएको छ । यससँगै नेपाल र मलेसियाबीचको पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज २-२ को बराबरीमा पुगेको छ। शनिबार भएको चौंथो खेलमा मलेसियाले नेपाललाई ४ विकेटले पराजित गर्यो । यसअघि पहिलो खेल पनि मलेसियाले जितेको थियो । दोस्रो र तेस्रो […]

‘राजदरबार हत्याकाण्ड’ को २२ वर्ष पूरा, घटना अझै रहस्यमय

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २२ वर्ष पूरा भएको छ । आज तत्कालीन राजा वीरेन्द्रको निधन भएको सम्झनामा विभिन्न कार्यक्रम गरी स्मरण गरिँदैछ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्रको वंश विनास भएको थियो । राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको हत्या भएको […]

नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा सो बैठक बस्न लागेको हो । बैठक बिहान साढे ११ बजेबाट सुरु हुनेछ । सो बैठकमार्फत वार्षिक कार्य योजनालाई अन्तिम रूप दिइने तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने तयारी छ । गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा […]