डेढ अर्ब लगानीको होटल ‘बेस्ट वेस्टर्न काठमाडौं’ सञ्चालनमा, आइपिओ पनि ल्याउने

  काठमाडौंको गौशालामा चारतारे होटल सञ्चालनमा आएको छ। केएमसी ग्रुपका संस्थापकहरूको विश्वप्रसिद्ध अमेरिकी ब्रान्डसँग सहकार्य गरी ‘बेस्ट वेस्टर्न प्लस काठमाडौं’ सञ्चालनमा ल्याएका हुन्। पब्लिक लिमिटेड कम्पनी अन्तर्गतको यस परियोजनामा डेढ अर्ब रूपैयाँ लगानी भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपतिनाथ मन्दिर नजिकै रहेको यो होटलबाट काठमाडौंका प्रमुख पर्यटकीय स्थानहरू, सांस्कृतिक धरोहर र व्यावसायिक केन्द्रहरूसम्म सजिलै […]

२० करोड लगानीमा महानगर यातायातले थप्यो ४० वटा बस

  १० माघ,  महानगर यातायातले प्रालिले सेवा विस्तार गर्दै बिहीबारबाट थप ४० वटा बस सञ्चालनमा ल्याएको छ। २० करोड लगानीमा उक्त बस सञ्चालनमा ल्याएको हो। यी बसहरू ३२ सिट क्षमताका हुन्। बसको लम्बाई साढे आठ मिटर छ। यी बसहरू चन्द्रागिरीदेखि धुलिखेल अस्पतालसम्म सेवा दिने उद्देश्यले थप गरिएको कम्पनीका वरिष्ठ सल्लाहकार धर्मराज रिमालले जानकारी दिए। ‘यी […]

पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन

  १० माघ, वीरगन्ज । चालु आर्थिक वर्षको ६ महिनामा वीरगन्जबाट ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी), एभिएसन टर्बाइन फ्युल (एटीएफ), मट्टितेल आयात हुँदा ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवको ६ […]

आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

  काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुन तोलामा ४०० रुपैयाँ घटेको हो ।  जसअनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार पुगेको थियो ।  यस्तै चाँदीको […]

धनगढी उपमहानगरद्वारा १७ करोड राजस्व सङ्कलन

  कैलालीको धनगढी उपमहानगरपालिकाले रु १७ करोड एक लाख दुई हजार ७२ राजस्व सङ्कलन गरेको छ । उपमहानगरले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा विभिन्न शीर्षकमा उक्त राजस्व सङ्कलन गरेको हो । सो अवधिमा सम्पत्ति करबाट रु एक करोड ९२ लाख ६७ हजार, भूमिकर÷मालपोतबाट रु एक करोड २३ लाख ६८ हजार, बहालकरबाट रु तीन […]

बैंकिङ प्रणालीबाट ९० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

  ९ माघ, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज बुधबार ९० अर्ब बराबर तरलता खिच्न लागेको हो । केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि […]

निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च

  काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल रू नौ खर्ब २१ अर्ब १६ करोडको वैदेशिक व्यापार गर्दा रू सात खर्ब २३ अर्ब ५८ करोड १३ लाख घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत पुस मसान्तसम्ममा रू आठ खर्ब २२ अर्ब ३७ करोड पाँच लाख बराबरको वस्तु […]

बढेको सेयर बजारमा घट्यो कारोबार, बीमामा आकर्षण

    ८ माघ, काठमाडौं । मंगलबार सेयर बजार ५.०८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६१३ मा कायम भएको छ । दिनभर बजारको उतारचढाव न्यून रह्यो । परिसूचक बढ्दा पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ६ अर्ब १९ करोडको भयो । […]

धोबीखोला करिडोरमा चल्यो महानगरको डोजर, अनधिकृत संरचना भत्काइँदै

  ६ माघ,  काठमाडौं उपत्यका विकास प्राधिकरणले धोविखोला करिडोरमा बनेका सरकारी जग्गाका संरचनामा डोजर चलाएको छ। प्राधिकरणले काठमाडौं महानगरपालिका–७ स्थित धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भवन भत्काउन सुरु गरेको हो। आइतबार वडा अध्यक्ष विमल होडासहितको टोलीले पत्रकार सम्मेलन गरेर अतिक्रमित संरचना हटाउने बताएका थिए। लगत्तै डोजरले धोविखोला करिडोरका संरचना भत्काउन थालेको थियो। मापदण्ड […]

बलिदानी दिवस : मधेश प्रदेश सरकारले सहिद परिवारका सदस्यलाई तीन करोड ६१ लाख दिने घोषणा

  जनकपुर । मधेश प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा सहिद परिवारका सदस्यलाई ३ करोड ६१ लाख रुपैयाँ दिने घोषणा गरेको छ । विगत सात वर्षदेखि माघ ५ गते मधेश प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ । सोही क्रमलाई निरन्तरता दिँदै गृह सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको मधेशी सहिद प्रतिष्ठानको आयोजनामा मधेश प्रदेश सरकारले शनिबार […]