राप्रपाका सांसदहरुले सिंहदरबारभित्रै प्रदर्शन गर्ने
७ वैशाख, काठमाडौं ।
प्रदर्शनमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा कार्यकर्ताहरु सिंहदरबार केन्द्रित भएका छन् । केही नेता तथा कार्यकर्ताहरुले सडकमै प्रदर्शन गरेपनि राप्रपा सबद्ध सांसदहरु भने सिंहदरबारभित्रै प्रदर्शन गर्नेगरी तयारी रहेको राप्रपा सचिवालयले जनाएको छ ।
‘सबै मान्यज्यूहरु सिंहदरबारमा रहेको संसदीय कार्यालयमै भेला हुनुहुँदैछ । उहाँहरुले सिंहदरबारमै प्रदर्शन गर्ने कार्य तालिका छ,’ सचिवालयका एक सदस्यले भने । अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदहरु सिंहदरबारमा भेला भइरहेका छन् । वर्तमान व्यवस्थाविरुद्ध बिजुलीबजार पुलमा प्रदर्शन गरिरहेका नेताहरु सिंहदरबार छिरेका हुन् ।
Related posts:
दिल्लीमा बाबुरामले भने- नेपालीको असन्तुष्टि ओली सरकारसँग हो, लोकतन्त्रसँग होइन
कमल थापाले भने : हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगबाट बढ्ने छ
डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश, दुबई, मलेसिया र इन्डोनेसियामा पनि सेवा विस्तार गर्दै
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment