२३ बैशाख २०८२, मंगलवार

पोखरामा श्रीमतीको ह*त्या गरेर एक व्यक्तिले गरे आत्मह*त्या

 

२३ वैशाख,  पोखरा ।

पोखरामा श्रीमतीको हत्या गरेर एक व्यक्तिले आत्महत्या गरेका छन् । पोखरा १७ का ऋषिराम बरालले श्रीमतीको हत्या गरेपछि आफूले आत्महत्या गरेका हुन् । घरायसी झगडा परेपछि उनले श्रीमती देवीमाया पराजुलीको हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

‘दुईजना श्रीमती हुनुहुँदो रहेछ । कान्छी श्रीमतीसँग बस्नुहुने रहेछ,’ प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले भने, ‘घरायसी झगडा रहेछ । श्रीमतीको हत्या गरेपछि आत्महत्या गरेको अनुसन्धानले देखाएको छ ।’ घटनाको विषयमा थप अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?