ग्रीन कार्डको प्रलोभनमा मानब बेचबिखन, आरोपी पक्राउ
२९ साउन, ग्रीन कार्डको प्रलोभनमा पारी मानब बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। मानब बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौंको गौरीघाटबाट एक जनालाई पक्राउ गरेको एसपी गौतम मिश्रले जानकारी दिए। पक्राउ पर्नेमा झापा कमल गाउँपालिका-१ का ५४ वर्षीय बुद्धिराज न्यौपाने छन्। उनले एक जना महिलालाई मौरिससमा मासिक ७० हजार रुपैयाँ कमाइ हुने कुकको काममा लगाइदिने भनेर प्रलोभनमा पारेका थिए। केही समय काम गरेपछि ग्रिन कार्ड समेत पाइने प्रलोभनमा पारेपछि ती महिला मौरिसस जान तयार भएकी थिइन्। महिलाले बुद्धिराज न्यौपानेलाई २ लाख ५० हजार रुपैयाँ बुझाएको एसपी मिश्रले बताए। उक्त रकम बुझाएपछि ती महिलालाई बुद्धिराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याए। त्यसबेला उनले मौरिसस लेखिएको क्याप समेत लगाउन दिएर फोटो खिचेर मौरिससका नागरिकलाई पठाएका थिए। त्यहाँ रहेका नेपाली नागरिकहरूको सहयोगमा उनी असार २० गते नेपाल फर्किएकी थिइन्। नेपाल फर्किएसँगै उनले ब्युरोमा जाहेरी दिएकी थिइन्। जाहेरी परेपछि ब्युरोले उनलाई पक्राउ गरेको हो। थप अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको अनुमति पाएको छ।
Post Comment