२४ बैशाख २०८२, बुधबार

कैलालीमा २ मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ३ जना घाइते

 

१८ वैशाख, धनगढी ।

कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा एक जना चालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । जानकी गाउँपालिका-३ को डुडेझारी सडकखण्डमा वडा कार्यालय अगाडि बुधबार दिउँसो से५ प२६६० र सुपप्र०१०१२प८०७५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार दुर्घटनामा जानकी गाउँपालिका–८ बस्ने से५प२५६० नम्बरको मोटरसाइकल चालक १९ वर्षीय राकेश परियारको सेवा नर्सिङ होम नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ । अर्का मोटरसाइकल चालक ४५ वर्षीय पुष्कर शाहीको अवस्था पनि गम्भीर रहेको छ । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि सवार १३ वर्षीया प्रिन्सी शाही र १८ वर्षीय कमल रावलको अवस्था भने खतरामुक्त रहेको छ । उनीहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?