२६ जेष्ठ २०८२, आईतवार

कमल थापालाई स्वास्थ्य परिक्षणका लागि वीर अस्पताल लगियो, म्याद थपको तयारी ?

१८ जेठ, काठमाडौं । 

आजको राजावादी आन्दोलनका क्रममा पक्राउ गरिएका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको छ । उनलाई आज नछाड्ने संकेत प्रहरीले गरेको परिवारजनले बताएका छन् । नारायणचौरमा भएको राजसंस्था पक्षधरको आन्दोलनबाट थापासहित ६ जनालाई पक्राउ गरिएको थियो । उनीहरुलाई भद्रकालीस्थित परिसरमा राखिएको छ । थापालाई ल्याइनासाथ परिवार र आफन्तहरु भेट्न आएका थिए । तर, उनीहरुलाई परिसरभित्र प्रवेश गर्न दिइएन । यसक्रममा कमल थापाका भाइ अभिषेक थापाले प्रहरीसँग आपत्ति जनाएपछि वादविवाद भएको थियो ।

नेपाल प्रेससँग कुरा गर्दै थापाले परिसरमा आफूहरुलाई भेट्न नदिइनु आपत्तिजनक रहेको बताए । उनले वीर अस्पतालमा लगेपछि मात्रै ठुलोबुवासँग कुरा गर्न पाएको जानकारी दिए । हिरासत लगेको एक घन्टापछि थापालाई अस्पताल लगिएको हो । अस्पतालमा स्वास्थ्य परीक्षणपश्चात उनलाई फेरि परिसर फर्काइएको छ । प्रहरी स्रोतले थापालाई आज म्याद थप गर्ने वा नगर्नेबारे निर्णय नभइसकेको बतायो । हिरासतमा राख्नुपर्ने अवस्थामा स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले अस्पताल लगिएको स्रोतको भनाइ छ । परिवारलाई भेट्न नदिने नीति नरहेको पनि स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?