सम्पदामा राजनीति नगरौं : सुनिता डंगोल
१२ वैशाख, काठमाडौं ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सम्पदामा राजनीति गर्न नहुने बताएकी छिन् । शुक्रबार अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौंं उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । सम्पदा क्षेत्रभित्र भू–राजनीति नभइ नेपाली नै सहभागी हुनुपर्ने उनको भनाइ थियो ।
‘भोलि समय बित्दै गइसकेपछि भूकम्पपश्चात् कसले कसले केके गरे ? भन्दा हाम्रो सम्पदा क्षेत्रभित्र जियो पोलिटिक्स होइन,’ उनले भनिन्, ‘हाम्रो सम्पदा क्षेत्रभित्र हाम्रो सहभागिता हुनुपर्छ । हामीले गर्व गर्ने ठाउँ हुनुपर्छ । यो नेपालीले बनाएको हो भन्ने उदाहरण हुनुपर्छ भन्नेकुरामा सदैव जोड दिइरहेका छौँ ।’सम्पदा निर्माणमा नेपालीकै लगानी गर्न राम्रो हुने बताउँदै उनलेसम्पदा संरक्षमा गर्व गर्न लायक काम हुनुपर्ने बताइन् ।‘सम्पदा निर्माणमा लगानी महानगरपालिकाको होस् वा सरकारको होस् । हामीले यो चाहीँ नेपाली आफैँले बनाउनु पर्छ है । यसमा हाम्रो हरेक लगानी हाम्रा नेपालीहरुकै हुनुपर्छ,’ उनले भनिन् ।
Post Comment