म्यानमारमा शक्तिशाली भूकम्प, थाइल्याण्डको राजधानीमासमेत धक्का महसुस
१५ चैत, काठमाडौं ।
म्यानमारमा शक्तिशाली भूकम्प गएको छ । समाचार एजेन्सी एपीकाअनुसार अमेरिकाको जियोलोजिकल सर्वे र जर्मनीको जीएफजेड सेन्टर फर जियोसाइन्सका अनुसार म्यानमार केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । एजेन्सीका अनुसार थाइल्याण्डको राजधानी बैंककमा पनि भूकम्पको झड्का महसुस गरिएको छ । भूकम्पपछि बैंककका कयौँ भवनहरू खाली गराइएको बीबीसीले जनाएको छ ।
अमेरिकी जियोलोजिकल सर्वेले भूकम्पको तीव्रता ७.७ रेक्टर स्केल रहेको जनाएको छ । तर, चीनको सरकारी न्युज एजेन्सी शिन्हुआले चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरलाई उद्धृत गर्दै भूकम्पको तीव्रता ७.९ रेक्टर स्केल रहेको दाबी गरेको छ । भूकम्पले म्यानमार र थाइल्याण्डमा पुर्याएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment