१२ श्रावण २०८२, आईतवार

लागऔषधसहित ३ जना पक्राउ

९, चैत, काठमाडौँ ।

सुनसरी र मोरङको विभिन्न स्थानहरूबाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । सुनसरीको धरान उपमहानगरपालिका- १७ स्थितबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लागुऔषध  कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

२९ वर्षीय कमल शाक्यलाई प्रतिबन्धित औषधि ट्रामोल- १ हजार ५० क्याप्सुल र धरान- ११ का २१ वर्षीय कमलहाङ राईलाई लागुऔषध ब्राउन सुगर १०० मिलिग्रामसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको प्रहरी टोलीले उर्लाबारी- ४ का २१ वर्षीय मनीष भुजेललाई २५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?