झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिएको मोटरसाइकल चालकको मृत्यु, झाँक्री पक्राउ
२ मंसिर, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–९ साँखु–थली सडक खण्डमा झाँक्री प्रकाश भुजेलको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका बागमती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकलका चालक कागेश्वरी मनोहरा नगरपालिका–२ का नारायण नगरकोटीको उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने बा.१९ च २६९५ नम्बरको गाडीका चालक सिन्धुपाल्चोक घर भई जोरपाटी बस्ने झाँक्री भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।
दुर्घटनापछि फरार भएका उनलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो । मोटरसाइकलमा सवार चालककी पत्नी किसानुमाया नगरकोटी घाइते छिन् । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment