सिरहामा सशस्त्र प्रहरीद्वारा भारी मात्रामा लागुऔषध गाँजा बरामद 

  सिरहा। सशस्त्र प्रहरी बलले सिरहाबाट ठूलो परिमाणको लागुऔषध गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी इनर्वा सिरहा गुल्मबाट सशस्त्र प्रहरी नायव उपरिक्षक नन्द राज राईको कमाण्डमा खटिएको टोलीले शुक्रबार बिहान करिब ३:३० बजे उक्त गाँजा बरामद गरेको हो। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको गस्ती टोली जिल्ला सिरहाको भगवानपुर गाउँपालिका-२ स्थित बलान खोला कासघारी पुगेको थियो। […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति भण्डारीलगायत १३ जनामाथि भ्रष्टाचारको मुद्दा दायर

२३ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीका तत्कालीन उपकुलपति प्राडा संगिता सिंह भण्डारीसहित १३ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगका अनुसार प्रतिष्ठानमा एमआरआई मेसिन खरिद प्रक्रियामा बदनियतपूर्वक अनियमितता गरी राज्यकोषमा करिब १२ करोड रुपैयाँभन्दा बढीको हानि पु¥याइएको पाइएको छ । अनुसन्धानबाट तत्कालीन उपकसलपति भण्डारीले […]

माइतीघरमा पक्राउ पर्नेको संख्या १४ पुग्यो

२३ असोज, काठमाडौं । माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ । प्रहरीले डा. निकोलस भुसाल, सञ्जिव दाहालसहित १४ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरू प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार […]

१० वर्षीया बालिकाको हत्या अरोपमा बर्दियाबाट एक जना पक्राउ

२३ असोज, बर्दिया। बर्दियामा बालिका हत्याको अरोपमा एक युवा पक्राउ परेका छन्। गत असोज १७ गते बेपत्ता भई २० गते मृत फेला परेकी १० वर्षीया बालिका भारती (एन्जल) देउवाको हत्याको आरोपमा प्रहरीले गेरुवा गाउँपालिका वडा नं ५ झबही बस्ने २१ वर्षीय समिर तिरुवा सुनारलाई पक्राउ गरेको हो। पक्राउ परेका समिर तिरुवाले मृतक बालिका देउवालाई उनले […]

सर्लाहीमा लागुऔषधसहित तीन जना पक्राउ

२३ असोज, सर्लाही । सर्लाहीमा लागु औषधसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको लालबन्दी नगरपालिका– १ नवलपुर टोलस्थित भित्री सडक खण्डबाट प्रहरीले तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ त्रीभुवननगरका १८ वर्षीय प्रिन्स कुमार यादव, भारत बिहार राज्य सितामढी जिल्ला सोनबरसा बसन्तपुरका २० वर्षीय कृष्ण कुमार यादव र सोही […]

माइतीघरबाट निकोलस भुसालसहित १३ जना पक्राउ

२३ असोज, काठमाडौँ।  माइतीघर मण्डलामा प्रदर्शन गर्न पुुगेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।  जेनजी आन्दोलनमा धोका भएको भन्दै प्रदर्शन गर्न पुगेका निकोलस भुसाल, मोहन तामाङ, युवराज कटवाल लगायत १३ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। माइतीघर–बानेश्वर क्षेत्रमा बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। उक्त क्षेत्रमा प्रदर्शन गर्न पनि रोक लगाइएको छ।

जेनजीमाथि धोका भएको भन्दै माइतीघर पुगेका डा. निकोलस भुसाल पक्राउ

२३ असोज, काठमाडौं । माइतीघर मण्डलामा आन्दोलन गर्न गएका जेनजी अभियन्ता डा. निकोलस भुसाल पक्राउ परेका छन् । जेनजीको माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउन भेला भएका भुसालसहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । माइतीघर परिसरमा प्रहरीको बाक्लो परिचालन गरेर कसैलाई पनि प्रदर्शन गर्न दिइएको छैन । जेनजी आन्दोलनको एक महिना पूरा हुँदा […]

इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजनामा हस्ताक्षर, बिपिन जोशी छुट्ने सम्भावना

२३ असोज, वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासले शान्ति ढाँचाको पहिलो चरणमा सहमति भएको जनाएका छन्। राष्ट्रपति ट्रम्पका अनुसार यो सम्झौताअन्तर्गत सबै बन्धक छिट्टै मुक्त गरिनेछ। इजरायली सेना सहमतिको रेखासम्म फिर्ता हुने छन्।उनले यो सम्झौताले मजबुत, दिगो र स्थायी शान्तिको बाटो खोल्ने विश्वास व्यक्त गरेका छन्। अब सबै बन्धकहरूको द्रुत रिहाई प्रक्रिया अघि […]

ह*त्याको आरोपमा एक जना पक्राउ

२२ असोज, बर्दिया । बर्दियामा बालिका हत्याको अरोपमा एक युवा पक्राउ परेका छन् । गत असोज १७ गते बेपत्ता भई २० गते मृत फेला परेकी १० वर्षीया बालिका भारती (एन्जल) देउवाको हत्याको आरोपमा प्रहरीले गेरुवा गाउँपालिका वडा नं ५ झबही बस्ने २१ वर्षीय समिर तिरुवा सुनारलाई पक्राउ गरेको हो । पक्राउ परेका समिर तिरुवाले मृतक […]

राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा लुटपाट गर्ने २ जना पक्राउ, नगदर र सुन फेला

२२ असोज, काठमाडौं । २४ भदौको जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा भएको लुटपाट प्रकरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाका दीपक श्रेष्ठ र सिराहाका नरेशकुमार यादव रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये यादवको साथबाट करिब चार लाख रुपैयाँ नगद र केही मात्रामा सुन बरामद गरिएको प्रहरीले जनाएको छ। […]