तनहुँको मान्द्रे खोलामाथि कल्भर्ट निर्माण

  ७ वैशाखः  तनहुँ : शुक्लागण्डकी नगरपालिकामा तोकिएको म्याद अगावै कल्भर्ट निर्माण सम्पन्न भएको छ । शुक्लागण्डकी–८ र १० जोड्ने मान्द्रे खोलामाथि दुई महिना अगावै कुखुरे कटहरे कल्भर्ट निर्माण भएको हो । उक्त कल्भर्टको शनिबार उद्घाटन गरिएको छ । नगरको आन्तरिक बजेटबाट यहाँ कल्भर्ट निर्माण गरिएको हो । कल्भर्ट निर्माणका लागि गत मङ्सिर १० गते […]

आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती

  ७ वैशाख , काठमाडौँ :  नेपाल शिक्षक महासङ्घ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनका कारण काठमाडौँ उपत्यकामा सहज ढङ्गले सवारीसाधन सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ । विशेषगरी कार्यालय समयमा भएको प्रदर्शनले कार्यालय जानपर्ने कर्मचारीलाई मर्का परेको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिन भएको छ । प्रहरीले आवश्यकताअनुसार […]

आज कुन तरकारी र फलफूलको भाउ कति ?

  ७ वैशाख, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो २५, आलु रातो […]

दुई दशकपछि सडक स्तरोन्नति

  ढोरपाटन (बागलुङ), ७ वैशाख : निरयघाट, तीन दशक अघिसम्म बागलुङ प्रवेश गर्ने एकमात्र नाका थियो । विसं २०१३ अगाडिसम्म बागलुङवासी डुङ्गामा कालीगण्डकी तरेर पर्वतको खनियाघाट हुँदै पोखरा, काठमाडौँलगायत ठाउँमा आवतजावत गर्थे । त्यसबेला सडकले बागलुङ जोडिएको थिएन । पोखरा–बागलुङ राजमार्ग निर्माण भएपछि २०५१ सालमा मालढुङ्गामा मोटरेबल पुल बन्यो । त्यसपछि बागलुङवासी खनियाघाटमा पुगेर काली […]

झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित   

६ वैशाख, तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–२ र ३ जोड्ने चिन्नेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । यहाँ पुल नहुँदा यस भेगका जनताहरुले घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता थियो । पुल निर्माणले यात्रा सहज भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।  रु ४५ लाख ६८ हजार १९२ को लागतको पुल निर्माणका लागि गैरसरकारी […]

भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ

५ वैशाख, काठमाडौँ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मुक्त कमैया, हलिया, हरवाचरवालगायत भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगको प्रक्रियाबाट गरिने बताउनुभएको छ । राष्ट्रिय कृषि बँधुवा मजदुर सङ्र्घष समितिको टोलीसँग आज सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा भएको छलफलमा उहाँले सरकारले विसं २०७६ मा मुक्त कमैया, हलिया, हरवाचरवालगायत भूमिहीन नागरिकका समस्या समाधान भइसकेको […]

किसानलाई आधुनिक र व्यावसायिक बनाउँदै मालारानी

५ वैशाख, अर्घाखाँची  ।  जिल्लाको मालारानीमा किसानहरूले व्यावसायिक रूपमा आधुनिक प्रविधिबाट कृषि र पशुपालन गरेर मनग्य आम्दानी गर्न थालेका छन् । आफ्नै गाउँमा पसिना बगाएर स्वरोजगारसँगै आर्थिक आम्दानी गर्न सकिन्छ भन्ने सोचका साथ यहाँका किसान व्यावसायिक कृषि र पशुपालनमा लागेका हुन् । परम्परागत बाख्रापालन गर्दै आएका किसानलाई मालारानी गाउँपालिकाले मालारानी कृषि तथा पशु उद्यमशीलता विकास […]

गैँडाकोटका दुई वटा सामुदायिक विद्यालय गाभिए

५ वैशाख, नवलपरासी ।  नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्रका दुई वटा आधारभूत विद्यालय गाभिएका (मर्ज) छन् । गैँडाकोट-३ मा रहेको मङ्गलादेवी आधारभूत विद्यालय र गैँडाकोट-५ मा रहेको सरस्वती आधारभूत विद्यालयलाई नजिकै रहेका विद्यालयसँग गाभिएको हो । गैँडाकोट नगरपालिकाका शिक्षा अधिकृत रामप्रसाद अधिकारीका अनुसार वडा नं ३ को मङ्गलादेवीमा नौ जना मात्रै विद्यार्थी हुँदा सोही वडाको कृष्णगण्डकी […]

राज्य व्यवस्था समितिलाई कर्मचारी सङ्गठनले बुझायो ध्यानाकर्षण पत्र

५ वैशाख, काठमाडौँ । निजामती कर्मचारी सङ्गठनहरूको संयुक्त ट्रेड युनियनले ११ बुँदे मागसहित राज्य व्यवस्था तथा सुशासन समितिलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रवार सिंहदरबारमा उनीहरूले कर्मचारीका आधारभूत मागहरूलाई सम्बोधन गर्दै तत्काल सङ्घीय निजामती सेवा ऐन ल्याउन माग गर्दै समिति सभापति रामहरि खतिवडालाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझ्दै सभापति खतिवडाले राज्यको स्रोत […]

आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव सुरु

५ वैशाख, ताप्लेजुङ ।  विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमालको पहिलो सफल आरोहणको ७०औँ वार्षिकोत्सवका अवसरमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित लेलेपमा ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ आजदेखि सुरु भएको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा सुरु भएको महोत्सव यही वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव अवधिभर कञ्चनजङ्घा हिमालको प्रचारप्रसार, स्थानीय उत्पादनको प्रदर्शनी […]