डिप ट्युबेल जडानले दुई सय चालिस बिघा जग्गामा सिँचाइ सुविधा

  २ जेठ,कञ्चनपुर ।  डिप ट्युबेल जडान भएपछि शुक्लाफाँटा नगरपालिका–१२ का किसानको २४० बिघा जग्गामा सिँचाइ सुविधा पुगेको छ । भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले ठेक्का प्रक्रियामार्फत वडाका चार स्थानमा डिप ट्युबेल जडानको कार्य गरेको छ । गौंडी, खल्ला, वसन्तपुर र तिलकी टोलमा डिप ट्युबेल जडानको कार्य गरिएको वडाध्यक्ष नवलसिंह रानाले बताउनुभयो । […]

पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानीखेती

  २ जेठ,भोजपुर । व्यावसायिक अकबरे (डल्ले) खुर्सानीखेती पौवादुङमाका किसान आकर्षित भएका छन् । अन्य बालीको तुलनामा खुर्सानीखेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका अधिकांश किसान व्यावसायिक खेतीमा जुटेका हुन् । गाउँपालिकाले व्यावसायिकखेती प्रणालीका लागि आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि किसानलाई सहजता भएको छ । यहाँको करिब ५०० हेक्टर क्षेत्रमा किसानले खुर्सानीखेती गरिरहेको कृषि शाखाका प्राविधिक […]

कमजोर प्रणालीका कारण विद्युत् आपूर्ति प्रभावित भयो : हितेन्द्रदेव शाक्य

  २ जेठ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत् उत्पादन बढदै गए पनि सोही अनुसार प्रसारण लाइन सञ्जाल बढ्न नसक्दा विद्युत् आपूर्तिं प्रभावित भएको बताएका छन् । शाक्यले प्रसारण लाइन सञ्जाल द्रुत गतिमा बढाउँदै लान नसके हिजो बिहीबार रातिको जस्तो सानो–सानो घटनामा पनि विद्युत् आपूर्ति प्रभावित (ट्रिपिङ) भइरहने शुक्रबार आयोजित पत्रकार […]

सगरमाथा संवाद सुरु

  २ जेठ, काठमाडौं । जलवायु परिवर्तनको विषयमा छलफल गर्न आयोजना गरिएको सगरमाथा संवाद कार्यक्रम सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गरेका हुन्। जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ नेपाल सरकारले पहिलोपटक कार्यक्रम सञ्चालन गरेको हो। संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, […]

संरक्षणको पर्खाइमा ‘टास्सी ध्याफेल दरबार’

  २ जेठ, मुस्ताङ। ढुङ्गा र माटोबाट निर्मित विशाल पर्खालले घेरिएको ठुलो बस्ती र बस्तीको बिच भागमा सुन्दर दरबार । मुस्ताङको ल्होमन्थाङ राजदरबार कुनै समय निकै शक्तिशाली र त्यस क्षेत्रका मानिसको आस्थाको केन्द्र थियो । त्यही शक्तिकेन्द्र कालान्तरमा कमजोर मात्रै होइन, मानिसविहीन बनेको छ । छ सय वर्षअघि सैनिकहरूले पहरा दिइरहने दरबारको रक्षा यतिबेला एउटा भोटेकुकुरले […]

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

  २ जेठ,  काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो […]

माझफाँट–लेकफाँट सडक कालोपत्र

  २ जेठ, म्याग्दी  । जिल्लाको माझफाँट–लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चे जोड्ने सडक योजनाको माझफाँट–लेकफाँट खण्डमा सात किलोमिटर ५०० मिटर कालोपत्र भएको छ । सङ्घीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजना कार्यक्रममार्फत जलजला गाउँपालिका–३ माझफाँटको भुरतुलादेखि वडा नं ५ लेकफाँटको गिद्धेश्वरसम्मको बाटो कालोपत्र भएको हो । दुई लेनको यो सडकको एक किलोमिटर ४०० […]

बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँँदै

२ जेठ, काठमाडौँ । सरकारले जलवायु परिवर्तनसम्बन्धी द्विवार्षिक पारदर्शिता प्रतिवेदन (बिटिआर) स्वीकृत गरेको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बिहीबार बिटिआर स्वीकृत गर्नुभएको हो । आजदेखि यहाँ हुने सगरमाथा संवादमा बिटिआर घोषणा हुने वन तथा वातावरणमन्त्री मन्त्रालयले जनाएको छ । सगरमाथा संवादमा सकारात्मक सन्देश प्रवाह हुने भएकाले बिटिआर स्वीकृत भएको मन्त्री शाहीले जानकारी […]

कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द हुने

  २ जेठ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले काठमाडौँ–हेटौँडा चल्ने सडकमध्ये कुलेखानी–कलंकी–हुमाने सडक आज शुक्रबारदेखि मर्मतका लागि १९ दिन बन्द हुने जनाएको छ। यस अवधिमा वैकल्किप मार्ग प्रयोग गर्नसमेत प्रहरीले सबै चालकलाई अनुरोध गरेको छ।  नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्थानीय प्रशासन कार्यालयबीचको समन्वयमा यो सडक आजदेखि १९ दिनसम्म बन्द हुने […]

मौसम पूर्वानुमान : देशभर गर्मी बढ्ने, दुई प्रदेशमा वर्षाको सम्भावना

  २ जेठ, काठमाडौं। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। दिउँसो कोशी प्रदेश […]