यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

   २८ वैशाख, काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (तराई) प्रतिकिलो […]

आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुने

  २८ वैशाख, काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने […]

बागमतीमा आइतबारदेखि प्रदेश युवा सम्मेलन

  २७ वैशाख, काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबारदेखि आयोजना हुने ‘प्रदेश युवा सम्मेलन २०८२’ को तयारी अन्तिम चरणमा पुगेको छ । आइतबारदेखि मङ्गलबारसम्म सञ्चालन हुने सम्मेलनमा तीन सयभन्दा बढी युवाको प्रत्यक्ष सहभागिता रहने छ । प्रदेश युवा परिषद्ले आयोजना गर्न लागेको यो तेस्रो श्रृङ्खला हो । त्यसो त, बागमती प्रदेश सरकारले यस युवा […]

यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

  २७ वैशाख,काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेंडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेंडा सानो (लोकल) प्रतिकिलो रु ४८, गोलभेंडा सानो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेंडा सानो (तराई) प्रतिकिलो रु […]

सुरुभयो सगरमाथा आरोहण, ४२१ जनालाई अनुमति

  २७ वैशाख, काठमाडौं । ‘सगरमाथामा बाक्लो हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ्) गर्न गाह्रो भयो । खुम्बु आइसफल क्षेत्रमा ठूला रक र कालापत्थरले भर्‍याङ टाँग्न पनि कठिन भयो’ रोप फिक्सिङ्ग गर्ने दक्ष शेर्पा आरोहीलाई जनाउँदै गर्दै आधार शिविरबाट एक्सपीडिसन अगुवा लाक्पा शेर्पाले भने ।एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ […]

महाकाली सिँचाइ तेस्रो चरणले गति लिँदै

  २६ वैशाख, काठमाडौं ।  राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि महाकाली सिँचाइ तेस्रो चरणको कामले गति लिन थालेको छ । आर्थिक वर्ष २०६३/६४ देखि सुरु भएको महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाका लागि सुरुआतदेखि नै पर्याप्त बजेट नहुँदा निर्माण कार्यले गति लिन सकेको थिएन । सरकारले आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेपछि निर्माण कार्यले […]

पहिरोको जोखिममा भुलचौरा दलित बस्ती

२६ वैशाख, दार्चुला ।  व्यास गाउँपालिका–४ स्थित भुलचौरा दलित समुदायको बस्ती लगातार पहिरोको जेखिममा छ । दशकौँदेखि पहिरो जाने क्रम नरोकिएका कारण बस्ती पहिरोको उच्चजोखिममा परेको हो । यो क्षेत्रमा २०२२/२३ सालदेखि पहिरो खस्न थालेको हो । विसं २०२८ र २०५१/५२ मा आएको पहिरोका कारण यस क्षेत्रको एउटा बस्ती पूरै विस्थापित भएको छ । महाकाली […]

जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर

२६ वैशाख, ललितपुर ।  ललितपुर महानगरपालिका–१४ स्थित चक्रपथ वरपर वैजनी रङको जाकाराण्डा फूल ढपक्क फुलेको छ । वसन्त ऋतुमा फूल्ने यस फूलले यहाँको शोभा बढाएको छ । अचेल दिनहुँजसो फूल र चक्रपथलाई पृष्ठभूमिमा राखेर तस्बिर र भिडियो खिच्ने युवायुवतीको उपस्थिति झनै हेर्न लायक हुन्छ । चक्रपथ वरपर ढपक्क फूल फूलेपछि तस्बिर खिच्नलाई भीडभाड हुने गरेको […]

दार्चुला–टिङ्कर सडक निर्माणः सेनाले दुईतिरबाट काम थाल्यो

  २६ वैशाखः दार्चुला,   महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट ट्रयाक खोल्न सुरु गरेको छ । दुम्लिङ र गागाबाट ट्रयाक खोल्न थालिएको हो । सेनाले व्यास गाउँपालिका–१ को छाङ्गरु गागाबाट सडक खन्न थालेको छ । यसअघि व्यास गाउँपालिका–३ तुसारपानी हुँदै वडा नम्बर २ को दुम्लिङ, कल्जु, आतुङती, तम्बाकुलगायतको ठाउँमा मात्र काम हुँदै आएको […]

झापामा सात सय ७६ घरेलु तथा साना उद्योग थपिए

२६ वैशाख, झापा । जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ७७६ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त अवधिमा उद्योगतर्फ ४३१ र वाणिज्यतर्फ ३४५ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका हुन् । सोही अवधिमा उद्योगतर्फ एक हजार १६८ र वाणिज्यतर्फ एक […]