लोकसेवाले खुलायो अधिकृत पदमा विज्ञापन

२७ मंसिर, काठमाडौं । लोकसेवा आयोगले एकैपटक ३८१ अधिकृत (अप्राविधिक) पदका को लागि विज्ञापन प्रकाशित गरेको छ । आयोगले बुधबार जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने फाइल बढुवा र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि विज्ञापन गरेको हो । आयोगले जेष्ठता र कार्यसम्पादन मूल्यांकनमार्फत हुने बढुवाका लागि निजामती सेवातर्फ १०६ जनाको लागि विज्ञापन प्रकाशन गरेको छ […]
संघीय संसद्को महासचिवमा पदम पाण्डेको नाम सिफारिस

२५ मंसिर काठमाडौं। संघीय संसद्को नयाँ महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस भएको छ। संघीय संसद्का सचिव रहेका पाण्डेलाई महासचिवका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन्। संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसदको महासचिवमा प्रतिनिधि सभाका […]
एनसेल खरिद-बिक्रीविरुद्ध अनेरास्ववियुको विरोध प्रदर्शन

२४ मंसिर, सर्लाही । एनसेलको शेयर खरिद-बिक्रीमा चलखेल भएको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ । आइतबार सर्लाही सदरमुकाम मलंगवामा रहेको एनसेल कार्यालय अगाडि नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश सह इन्चार्ज समिम बाबू खानको नेतृत्वमा विरोध प्रदर्शनमा सहभागीहरूले ‘एनसेलको आयव्यय सार्वजनिक गर’, […]
सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशमाथि मङ्सिर २९ गते संसदीय सुनुवाइ हुने

२४ मंसिर, काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने व्यक्तिहरुसँग छलफल सकेको छ । प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध विभिन्न १० जना व्यक्तिले उजुरी दिएका थिए । आइतबार समितिको बैठकमा उजुरीकर्तासँग उनीहरुले उजुरीमा उठाएका विषयमा छलफल गरिएको हो । अब प्रस्तावित न्यायाधीशहरुको सुनुवाइी २९ मंसिरमा मात्र हुने प्रतिनिधिसभाका सचिव पदमप्रसाद […]
लुक्ला उडेको तारा एयरको इमर्जेन्सी झ्यालको सिसा खस्यो

२४ मंसिर, काठमाडौँ । काठमाडौंबाट सोलुखुम्बुको लुक्ला उडेको तारा एयरको जहाँजको आपत्तकालिन झ्यालको सिसा खसेको छ । काठमाडौंबाठ ९ बजेर ३१ मिनेटमा उडेको जहाँज ल्याण्ड गरिसक्दा आपत्तकालिन झ्यालको सिसा नदेखिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता सुवास झाले बताए । विमान सहज तरिकाले ल्याण्ड भएको झाले बताए । कलसाइन ९ एन एएलओ भएको जहाँको सिसा […]
सौराहामा नेपाल बारको राष्ट्रिय गोष्ठी

२४ मंसिर, चितवन । नेपाल बार एशोसिएसनले मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी तथा ४९औँ केन्द्रीय कार्यकारिणी परिषद् बैठक आजदेखि सौराहामा सुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले गोष्ठीको उद्घाटन गरेका हुन् । गोष्ठीमा देशभरका एक हजारभन्दा बढी कानुन व्यवसायी सहभागी छन् । एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा आज मानव […]
भूकम्पले क्षति भएका घर बनाउन सस्तो ब्याजमा ऋण दिइने

२२ मंसिर, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत जाजरकोट लगायतका जिल्लाका भूकम्प प्रभावित परिवारलाई २५ लाख रुपैयाँसम्मको आवासीय घर कर्जा उपलब्ध गराउने आर्थिक प्याकेज ल्याएको छ । २०८० कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरूको पुनर्निर्माणका लागि नेपाल सरकार वा नेपाल सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रूपमा सूचीकरण गरेका परिवारलाई बैङ्क […]
अर्थतन्त्र सुधारका लागि नयाँ घोषणाको तयारीमा छु : प्रधानमन्त्री

२१ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सुधारका लागि केही नयाँ घोषणा गर्ने तयारीमा रहेको बताएका छन् । बिहीबार काठमाडौंमा रेस्पोन्सिबल बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति भएपनि व्यवहारमा जनतामा आशाको सञ्चार हुन नसकेको बताए । यसका लागि अझै मिहिनेत गर्नुपर्ने भन्दै उनले अगाडि भने, ‘अर्थतन्त्र सुधारमा केन्द्रित […]
सामान्य सुधारले अर्थतन्त्रका समस्या समाधान हुने देखिएन : प्रधानमन्त्री

२० मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायबाट हुने नदेखिएको बताएका छन् । अर्थतन्त्र सुधारका लागि मौलिक ढंगले सोच्नुपर्ने उनको भनाइ छ । बुधवार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायद्वारा हुने देखिएन । विगतका तमाम कामहरुको योगदानको कुल […]
एनसेलको कर विवादसम्बन्धी मुद्दा स्थगितको सूचीमा, अर्को पेसी फागुन १५ गते

१९ मंसिर, काठमाडौँ । एनसेलको कर विवादसम्बन्धी मुद्दा स्थगितको सूचीमा परेको छ । ठुला करदाता कार्यालयले निर्धारण गरेको पुँजीगत लाभकरका सम्बन्धमा सर्वोच्चमा विचाराधीन मुद्दा स्थगितमा परेको हो । मंगलबार सर्वोच्च अदालतमा गोला तान्ने क्रममा एनसेलको विवादित लाभकर सम्बन्धी मुद्दाको पेशी सूची कुनै पनि उपलब्ध न्यायाधीशले नतानेपछि मंगलबार पनि स्थगितमा परेको हो । अब उक्त मुद्दाको […]
