रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

८ जेठ, बागलुङ । झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि यहाँका चिया किसान उत्साहित भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा २०७६ सालमा लगाइएको चियाले व्यावसायिक उत्पादन दिन थालेपछि किसान उत्साहित भएका हुन् । उहाँ समुदाय, सहकारी र विद्यालय मिलेर चियाखेती गरेका थिए । रेशको बौर, तिङरिङलगायतका ठाउँमा हाल १६२ रोपनी […]
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

८ जेठ,काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७०, […]
आज देशभर आंशिकदेखि साधारणतया बदली हुने

८ जेठ ,काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही […]
पोखरा विमानस्थलबारे अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

७ जेठ, काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गर्न निर्देशन दिने निर्णय गरेको छ । करिब साढे ४ घन्टा लामो छलफलपछि लेखा समितिका सभापति ऋषिकेश पोखरेलले राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिको प्रतिवेदन, त्यो उपसमितिमा रहेका गोकुल बास्कोटा र तारा लामाको पुरक मतसहितको प्रतिवेदन ग्रहण […]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा

७ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियारले छापा मारेको छ । अख्तियारको टोलि अध्यागमनमा अनियमितता भएको सुचनाको पाएपछि अध्यागमन कार्यालय पुगेको जनाइएको छ । साेही क्रममा केहीलाई अख्तियारले नियन्त्रणमा समेत लिएको बताइएकाे छ ।
नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल

७ जेठ, काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई सहयोग गर्ने नीतिअनुरुप राष्ट्र बैंकले आफ्ना काम कारबाही अघि बढाउने बताउनुभएको छ । वालुवाटारस्थित बैङ्कको कार्यालयमा आज पदभार गर्नुहुँदै उहाँले राष्ट्र बैंकको स्वायत्तता कायम गर्दै आफ्ना काम गर्ने स्पष्ट पार्नुभयो । “वित्त नीतिबाट जे कुराहरु तय हुन्छन् त्यसलाई सफल […]
चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

७ जेठ, चितवन । चितवनलाई पर्यटकीय राजधानी वनाउन माग गरिएको छ । जिल्ला समन्वय समितिको अगुवाईमा यहाँका सात पालिकाले जिल्लालाई पर्यटकीय राजधानी वनाउन आग्रह गरेका हुन् । जिल्ला समन्वय समिति चितवनको प्रमुख नारायणप्रसाद अधिकारीका अनुसार सात पालिका र सरोकारवालाको बैठकले जिल्लालाई पर्यटकीय राजधानी वनाउन अनुरोध गरेसँगै आँफूले पहल थालेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, […]
हुरीले उडाएको उपेशको घरको छानो गाउँलेले हालिदिए

७ जेठ, काभ्रेपलाञ्चोक । सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ स्थित घारीबथानका उमेश परियारको काभ्रे धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालय अगाडि विद्युत् पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भयो । कमजोर आर्थिक अवस्था भएका परियारको १ जेठमा आएको हावाहुरीले घरको छानो उडाइदियो । घरमा कमाउने मान्छेको मृत्यु तथा घरको छानो उडाएपछि अप्ठेरोमा परेको उमेशको परिवारलाई […]
नागढुंगा–नौबिसे सडक १५ दिन दिउँसो साढे चार घण्टा बन्द गरिने

७ जेठ, काठमाडौं । नागढुंगा–नौबिसे सडकखण्ड निर्माण कार्यका लागि जेठ १० देखि २५ गतेसम्म बन्द गरिने भएको छ। बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरिने भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार काठमाडौं र धादिङ प्रशासनको समन्वयमा यो निर्णय भएको हो। यसअघि राति बन्द गरेर निर्माण हुँदै आएको […]
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

७ जेठ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो […]
