उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन

२ पुस, काठमाडौं । विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ । अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका लागि अनुसन्धानको टुंगो नलागेसम्म आजैको मितिबाट पार्टीको उपाध्यक्ष पदबाट निलम्बन गरिएको अध्यक्ष हर्क साम्पाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । लामालाई काठमाडौंको कपनबाट नेपाल प्रहरीको […]
एमाले स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा अविचलित छ : महेश बर्तौला

२ पुष , काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले नेकपा एमाले मुलुकको स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा दृढताका साथ अघि बढिरहेको बताएका छन् । बुधबार एमाले महाधिवेशन स्थल भृकुटीमण्डपबाट उनले केही प्रतिवादीहरूले एमालेजस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहना राखे पनि पार्टी देशहित, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रको स्वतन्त्रता र भौगोलिक अखण्डताको पक्षमा अविचलित रूपमा अघि […]
एमाले महाधिवेशनमा महिला र पुरुषको समान सहभागिता

२ पुष , काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा महिला र पुरुष प्रतिनिधिहरूको समान सहभागिता देखिएको छ । मतदान प्रक्रियामा महिला र पुरुष नेता कार्यकर्ता एउटै लाइनमा उभिएर सहभागिता जनाइरहेका छन् । काठमाडौं जिल्ला सचिवालय सदस्य तथा एमाले महाधिवेशन प्रतिनिधि सरस्वती कार्कीले आफू कुनै पनि पदका लागि उम्मेदवार नभए पनि निर्वाचित नेतृत्वलाई साथ र समर्थन गर्न […]
एमाले महाधिवेशन : भोट खसाल्ने ठाउँमा मोबाइल र उम्मेदवारको लिस्ट लैजान रोक

२ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा मोबाइल र उम्मेदवारको सूची लैजान रोक लगाइएको छ । सुरुमा ती लैजान दिइए पनि पछि रोक लगाइएको हो । केपी शर्मा ओली र ईश्वर पोखरेल पक्षले आ–आफ्नो प्यानलका उम्मेदवारहरुको नामावली प्रतिनिधिहरुलाई बाँडिरहेका थिए । त्यो खबर सार्वजनिक भएपछि कडाइ गरिएको हो । एमाले […]
प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना पक्राउ

२ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी छ । महाधिवेशन प्रतिनिधिहरू भोट हाल्न लाम्बद्ध छन् । नेता तथा समर्थकहरू भने आ-आफ्नो पक्षका नेताहरूलाई भोट माग्न लाइनमा बसेका प्रतिनिधिहरूसँग आग्रह गरिरहेका छन् । केपी शर्मा ओली र ईश्वर पोखरेल समूह प्यानलै बनाएर प्रतिस्पर्धामा छन् । आ–आफ्नो प्यानलका उम्मेदवारहरूको नामावली प्रतिनिधिहरूलाई […]
प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ हुँदै

२ पुष ,काठमाडौं । प्रतिनिधिसभा विघटनको निर्णय बदर हुनुपर्ने माग गरी कांग्रेस सांसदहरुले दायर गरेको रिट निवेदनमाथि बुधबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतले निवेदनमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. नहकुल सुवेदी रहेको इजलास गठन गरेको छ ।श्याम घिमिरे लगायत […]
फागुन २१ को निर्वाचन जसरी पनि सम्पन्न हुनुपर्छ : मेयर महर्जन

२ पुस,काठमाडौं । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले पछिल्लो समय जेनजीहरुले चुनाव हुन दिँदैनौं भनेर स्वर परिवर्तन गरेको बताएका छन् । बुधबार ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अन्तरिम सरकारको जिम्मेवारी भनेको निर्वाचन गराउनु रहेको बताउँदै कुनैपनि हालतमा निर्वाचन हुनुपर्नेमा जोड दिए । उनले भने,‘अहिलेको सरकारको मुख्य काम भनेको फागुन […]
प्रदर्शनीयुक्त लोकसंस्कृतिमा केन्द्रित ‘संस्कृति अध्ययन’ जर्नलको नयाँ अङ्क आउँदै

२ पुस,काठमाडौं । सांस्कृतिक संस्थानको जर्नल ‘संस्कृति अध्ययन’ वर्ष २, अङ्क २ को तयारी सुरु भएको छ । जर्नलको वर्ष २, अङ्ग २, २०८३ को लागि सम्पादन तर्फको जिम्मेवारी संस्कृतिविद् द्वय भोगीराज चाम्लिङ र गुरुङ सुशान्तलाई प्रदान गरिएको छ । विज्ञ समिक्षित सहितको उक्त जर्नलमा नेपालको प्रदर्शनीयुक्त मौलिक लोकसंस्कृतिलाई केन्द्रविन्दूमा राखेर विभिन्न विद्वानहरूका शोधलेख समेटिने […]
ललितपुरको प्रत्येक सम्पदामा आस्था र सभ्यताको झल्को छ : प्रधानमन्त्री

२ पुस,ललितपुर । प्रधानमन्त्री शुसीला कार्कीले ललितपुर महानगरपालिका उमेरका हिसाबले मात्र होइन, कला र सम्पदाका दृष्टिले पनि जेठो रहेको बताएकी छन् । ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले पाटन आफैंमा नेपाली सभ्यता र सौन्दर्यताको जीवित संग्रहालय भएको उल्लेख गरिन् । उनले यहाँका प्रत्येक वास्तु सम्पदामा देवत्व मुस्कुराइरहेको अनुभूति हुने बताउँदै […]
मतदान सकिएको दुई घण्टाभित्र नतिजा आउँछ : गौतम

२ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको नतिजा आजै राति सार्वजनिक हुने भएको छ । एमाले नेता राजेन्द्र गौतमले राति साढे १० बजेअघि नै नतिजा सार्वजनिक हुने बताए । मतदान स्थल भृकुटीमण्डपमा बुधबार बिहान प्रेस ब्रिफिङको क्रममा गौतमले मतदान सकिएको दुई घण्टाभित्र नतिजा सार्वजनिक हुने बताए । ‘हाम्रो जम्मा मतदाताहरुको […]
