रास्वपाले बोलायो चैत्र १२ गतेका लागि केन्द्रीय समितिको बैठक

  १० चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले चैत्र १२ गते पार्टी केन्द्रीय कार्यालयमा ४ बजे बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठकमा संसदीय दलको नेताको सम्बन्धमा छलफल हुनेछ । बैठकमा संसदीय दलको नेता र विविध समसामुयीक विषयमा छलफल हुने भएको छ । त्यही दिन रास्वपाका सांसदहरुले […]

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्ने

  १० चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जनाकारी दिए । यसअघि आइतबार बसेको बैठकले […]

निर्वाचनमा मतपेटिका ओसार्न आएको हेलिकप्टर १६ दिनदेखि डोल्पामा ‘ग्राउन्डेड’

  ९ चैत,डोल्पा । हिमाली जिल्ला डोल्पामा प्रतिनिधिसभा निर्वाचनका बेला प्रयोग गरिएको हेलिकप्टर १६ दिनदेखि यहीँ ‘ग्राउन्डेड’ भएको छ । २१ फागुनमा सम्पन्न निर्वाचनका बेला माथिल्लो डोल्पाका मतदान केन्द्रबाट मतपेटिका, कर्मचारी ओसार्न प्रयोग भएको श्री एयरलाइन्सको उक्त हेलिकप्टर प्राविधिक समस्या आएपछि १६ दिनदेखि जुफाल विमानस्थलमै ग्राउन्डेड भएको नागरिक उड्डयन कार्यालय डोल्पाले जानकारी दिएको छ । […]

मन्त्री श्रेष्ठले गरिन १०० दिनको प्रगति विवरण सार्वजनिक

  ९ चैत, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले मन्त्रालय सम्हालेको छोटो समयमै नीतिगत सुधार, सेवा प्रवाह तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएकी छन् । मन्त्री श्रेष्ठले १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने क्रममा आफ्नो कार्यकाल छोटो भए पनि यो अवधि अत्यन्त बृहद र सिकाइले भरिपूर्ण रहेको उल्लेख […]

रविको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि आएन आदेश, ‘हेर्दाहेर्दै’ मा सकियो सुनुवाइ

९ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा पेशी थियो । महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र पर्सा […]

तीन तहकै सरकारले विशेष कार्यक्रमगरी मंगलबार विश्व क्षयरोग दिवस मनाउने

  ९ चैत,काठमाडौं । सरकारले मंगलबार विशेष कार्यक्रमको आयोजनागरी विश्व क्षयरोग दिवस मनाउने भएको छ । सोमबार भक्तपुरको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा पत्रकारको सम्मेलन आयोजनागरी कार्यक्रमबारे जानकारी गराइएको हो । ‘राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागेको केन्द्रका उपसचिव कमलप्रसाद तिमल्सेनाले जानकारी दिए । उनको अनुसार संघ, प्रदेश र […]

मौसम सम्बन्धी जानकारीका लागि पूर्वअनुमान र सूचना प्रणाली आधुनिक बनाउन जरुरी छ : मन्त्री सिन्हा

  ९ चैत, काठमाडौं । कानुन मन्त्री अनिलकुमार सिन्हाले मौसम सम्बन्धी जानकारी समयमै प्राप्त गर्न पूर्वअनुमान र पूर्वसूचना प्रणालीको भूमिका अत्यन्तै महत्वपूर्ण हुने औंल्याएका छन् । विश्व मौसम दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री सिन्हालले हाल चुनौतीको अवस्था रहेको औल्याउँदै जल तथा मौसम सम्म्वैज्ञानिक जानकारी समयमै प्राप्त हुनेगरी पूर्वअनुमान र पूर्वसूचना प्रणालीको भूमिका अयत्नतै जरुरी रहेको […]

निर्वाचन सफल बनाउन सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय : गृहमन्त्री

  ९ चैत, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मिलाउन सक्रिय सुरक्षाकर्मीहरुको प्रशंसा गरेका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित प्रशंसा पत्र वितरण कार्यक्रममा गृहमन्त्री अर्यालले निर्वाचन सफल बनाउन सक्रिय केन्द्रदेखि जिल्ला तहसम्मको सुरक्षा समितिहरु, निर्माण कमाण्ड फोर्स, सुरक्षा सेल र जिम्मेवार सरकारी अधिकारीहरुले खेलेको […]

प्रदीप पौडेलको प्रश्न कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?

  ९ चैत,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग अनुरोध गरेका छन् । सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै उनले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गतेका घटना छानविनका लागि गठित आयोगबाट प्राप्त भएको लामो समय भैसकेको अवस्थामा समेत सरकारले प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखिनुलाई विडम्बना भन्दै […]

रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

  ९ चैत, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा सोमबार पनि सुनुवाइ हुँदै छ। आइतबार महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतको मागअनुरूप लामिछानेको मुद्दा फिर्ताको निर्णय संशोधनसम्बन्धी फाइल सर्वोच्च अदालतमा पेस गरेको छ।सर्वोच्चको मागबमोजिम पेस भएको निर्णय संशोधनसम्बन्धी फाइलमाथि आज बहस हुनेछ। सर्वोच्च अदालतका न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरलेको इजलासमा सुनुवाइ जारी […]