मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

  १० चैत,महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा मंगलबार (चैत १०) साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवं सूर्य पूजाको महान् उत्सव चैती छठ पर्व मनाइँदै छ । नेपाल र भारतका मिथिला क्षेत्रमा गत आइतबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चारदिने चैती छठ उत्सवको आज मुख्य दिन षष्ठी तिथिको साँझ विभिन्न जलाशयमा पसेर […]

कोलम्बियामा वायुसेनाको विमान दु*र्घटना, कम्तिमा ६६ जनाको मृ*त्यु

  १० चैत, काठमाडौं । कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको छ । अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा उडान भरेको केही समयमै वायु सेनाको विमान दुर्घटनाग्रस्त भएको बताएका छन् । बीबीसीले अधिकारीहरूको अवाला दिँदै दुर्घटनामा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको र दर्जनौं मानिसहरू घाइते भएका समाचारमा उल्लेख गरेको छ । […]

कालंगा हाइड्रोको आईपीओ बिक्री आजदेखि खुला

  १० चैत, काठमाडौं । कालंगा हाइड्रो लिमिटेड ले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बिक्री सुरु गरेको हो । कुल १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता सेयरमध्ये १४ लाख […]

डोटीमा जीप दु*र्घटना हुदाँ २ जनाको मृ*त्यु

  १०  चैत, काठमाडौं । डोटीको आदर्श गाउँपालिका-६ रौसेल्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गिरिचौकाबाट काँडीस्याउलेतर्फ जादै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नं. को बोलेरो जिप राति करिब रााढे १२ बजे सडकबाट करिब ९०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ । दुर्घटनामा परी आदर्श गाउँपालिका-३ काँडीस्याउलेका […]

आज विश्व क्षयरोग दिवस मनाइँदै

  काठमाडौं । आज विश्व क्षयरोग दिवस मनाइँदै छ । हरेक बर्ष मार्च २४ तारिखको दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको हो । यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, […]

यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर

  १० चैत्र,काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७४ रुपैयाँ २३ पैसा, युके पाउण्ड स्टटर्लिङ एकको […]

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्ने

  १० चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जनाकारी दिए । यसअघि आइतबार बसेको बैठकले […]

आजको मौसम : पहाडी र हिमाली भुभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना

  १० चैत्र,काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । कोशी, मधेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात भैरहेको छ […]

निर्वाचनमा मतपेटिका ओसार्न आएको हेलिकप्टर १६ दिनदेखि डोल्पामा ‘ग्राउन्डेड’

  ९ चैत,डोल्पा । हिमाली जिल्ला डोल्पामा प्रतिनिधिसभा निर्वाचनका बेला प्रयोग गरिएको हेलिकप्टर १६ दिनदेखि यहीँ ‘ग्राउन्डेड’ भएको छ । २१ फागुनमा सम्पन्न निर्वाचनका बेला माथिल्लो डोल्पाका मतदान केन्द्रबाट मतपेटिका, कर्मचारी ओसार्न प्रयोग भएको श्री एयरलाइन्सको उक्त हेलिकप्टर प्राविधिक समस्या आएपछि १६ दिनदेखि जुफाल विमानस्थलमै ग्राउन्डेड भएको नागरिक उड्डयन कार्यालय डोल्पाले जानकारी दिएको छ । […]

मन्त्री श्रेष्ठले गरिन १०० दिनको प्रगति विवरण सार्वजनिक

  ९ चैत, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले मन्त्रालय सम्हालेको छोटो समयमै नीतिगत सुधार, सेवा प्रवाह तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएकी छन् । मन्त्री श्रेष्ठले १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने क्रममा आफ्नो कार्यकाल छोटो भए पनि यो अवधि अत्यन्त बृहद र सिकाइले भरिपूर्ण रहेको उल्लेख […]