पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

८ पुस, वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा तीन खर्ब ५९ अर्ब २३ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन्। गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १७ प्रतिशत अर्थात् ५३ अर्ब ३२ करोड बढी मूल्यका सामान आयात भएको हो। जबकि गत आवको पाँच महिनामा भने रु […]
सुनको मूल्य तोलामा ५५०० रुपैयाँले बढ्यो, नयाँ कीर्तिमान

८ पुस, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य एकैदिन तोलामा ५ हजार ५०० रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको २ लाख ६१ हजार ७०० रुपैयाँबाट बढेर मंगलबार २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको हो । यस्तै, चाँदीको मूल्य पनि […]
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

८ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा, युके पाउण्ड […]
मेची भन्सारबाट ५ महिनामा २० अर्बको आयात हुँदा निर्यात पौने १० अर्ब मात्रै

८ पुस, भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा एक अर्ब ४१ करोड ७६ लाख अर्थात् ७.५७ प्रतिशतले बढी […]
सडक निर्माणमा एमसीए नेपालले गर्यो साढे ३ अर्बको ठेक्का सम्झौता

७ पुस, काठमाडौं । एमसीए-नेपालले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कम्प्याक्ट अन्तर्गत सडक मर्मत कार्य कार्यान्वयनका लागि करिब २ करोड ३७ लाख अमेरिकी डलर (३ अर्ब ४३ करोड ६५ लाख रुपैयाँ) बराबरका दुई वटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ । सोमबार काठमाडौंमा एमसीए-नेपालले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको सडक मर्मत आयोजना कार्यान्वयन क्रममा पूर्व-पश्चिम राजमार्गको धान […]
कारोबारसँगै घट्यो सेयर बजार

७ पुस, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १३.८८ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २५८१ अंकमा झरेको छ । आज दिनभरजसो बजार रातो रह्यो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५१ करोडको भयो । जम्मा ५४ कम्पनीको मूल्य […]
सुनचाँदीको मूल्य बढ्यो

७ पुष, काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३४ सय रूपैयाँले बढेर २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोवार भैइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै, सोमबार चाँदीको मूल्य पनि […]
सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

७ पुष, काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । ११२६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ । १५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा पाइपास सुरुङको पनि निर्माण सकिएको छ । सुरुङ […]
३ अर्बका सडक र पुलका ठेक्का रद्द

६ पुस, काठमाडौं । सडक विभागअन्तर्गत ठेक्का लिएर वर्षौंदेखि अलपत्र भएका सडक तथा पुल निर्माणसम्बन्धी ४३ वटा ठेक्का तोडिएका छन् । ती ठेक्काको कुल रकम २ अर्ब ९७ करोड ७९ लाख रुपियाँ रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक जानकारी दिइएको हो । ठेक्का तोडिएका […]
सुनको मूल्य घट्दा चाँदी बढ्यो

काठमाडौं । साताको पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ सय रूपैयाँले घटेर २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोवार भैइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ५८ हजार ४ सय रूपैयाँमा किनबेच भएको थियो । यस्तै, आइतबार चाँदीको मूल्य […]
