२५ सय तल झर्यो सेयर बजार, सबै क्षेत्रका सूचक घटे
८ असोज, काठमाडौं । बुधबार पनि सेयर बजारमा ठूलै गिरावट देखिएको छ । यस दिन नेप्से परिसूचक २५ सयभन्दा तल झरेको छ ।
नेप्से अघिल्लो दिनको तुलनामा ५८.९३ अंक घटेको हो । सो अंकको कमीपछि २४७० मा कायम भएको छ । ११ : २५ बजे नेप्से २५४७ अंकसम्म पुगेको थियो, जुन इन्ट्राडेको उच्चतम विन्दु रह्यो । त्यसपछि भने बजार एकोहोरो ओर्लिरह्यो । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ५ अर्ब ६६ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ६८ करोडको भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment