१ करोड ४२ लाखको सामग्रीसहित ट्रक नियन्त्रणमा
६ असोज, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले १ करोड ४२ लाख १ हजार ७ यस ९१ रुपैयाँ बराबरको सामग्रीसहितको ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ स्थित सिर्सिया चोकबाट ना ५ ख १६७ नम्बरको उक्त मालवाहक ट्रकलाई शनिबार साँझ नियन्त्रणमा लिएको हो । बिलमा उल्लेख गरिएको भन्दा बढीका हार्डवेयरलगायतका सामग्री ट्रकमा रहेको पाइएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
वीरगञ्जबाट काठमाडौं जाँदै गरेको उक्त ट्रकमा भएको सामानको मूल्य अन्दाजी १ करोड ४२ लाख १ हजार ७९२ रुपैयाँ रहेको छ । थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment