हेटौडाबाट लागु औषध गाँजा सहित २ जना प्रहरी नियन्त्रणमा ।
प्रमोद सहनी
३ असोज, मकवानपुर । लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा ।
हिजो २ गते अं.२१:०० बजेको समयमा जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.११ थानाभर्याङ स्थित पुर्व-पश्चिम सडक खण्डमा मनहरी तर्फबाट बिरगंज तर्फ जादै गरेको ना ६ ख १५८६ र सोही दिशाबाट आउदै गरेको ग ७ ख २२४० नं.को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा दुई जना मानिसको साथबाट १० के.जि.३५० ग्राम लागु औषध गाँजा फेला परेको थियो ।
लागु औषध गाँजा फेला परेको मानिसलाई सोधपुछका लागी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुबै बस गन्तब्य तर्फ जादै गरेको ना ६ ख १५८६ नं.को बसमा सवार जिल्ला पर्सा मधुवन गा.पा.२ बस्ने अन्दाजी बर्ष ४० की सलामा खातुनको साथबाट लागु औषध गाँजा ३ के.जि.१०० ग्राम र ग ७ ख २२४० नं.को बसमा सवार जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.१५ बस्ने अन्दाजी बर्ष ३२ को सामुएल प्रजाको साथबाट लागु औषध गाँजा ७ के.जि.२५० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।